नयाँरोड ट्राफिक प्रहरी डिउटीको नाममा असुली धन्दामा केन्द्रित

613 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको नयाँरोड स्थित रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोड(काँटा)का ट्राफिक प्रहरी कर्माचारीहरु असुलीमा व्यस्त रहेका पाइएको छ । सर्लाही ट्रक व्यावसायी संघले सञ्चालन गरेको काँटाका लागि राखिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोडका ट्राफिक प्रहरी कर्माचारीहरु मालवाहक सवारी साधनहरुसंग चर्काे कमिसन असुलीमा लागेका केही प्रमाणहरु फेला परेका छन् ।
 पर्साको वीरगन्जका साथै बाराको सिमरा लगायत पश्चिमबाट पुर्व आउने मालवाहक सवारी साधनहरु र पुर्वबाट पश्चिम तर्फ जाने माल वाहक सवारी साधनहरुसंग अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोडका ट्राफिक प्रहरी कर्माचारीहरुले चर्काे कमिसन असुल्ने गरेका पाइएको हो ।त्यस लगतै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन थापालाई जानकारी गराउँदा समेत उनीपनि मौन बसेपछि त्यहाँबाट उनलाई पनि कमिसन पुग्ने गरेको शंका गर्न सकिन्छ् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोडका ट्राफिक प्रहरी कर्माचारीहरुले माल वाहक सवारी साधनहरुसंग काँटाका कर्माचारीहरु मार्फत कमिसन असुल्ने गरेका पाइएको हो ।मालवाहक सवारी साधनहरुले काँटाका कर्माचारीलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोडको कमिसन भाग छाड्ने र अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोडका ट्राफिक प्रहरी कर्माचारीहरुको डिउटी सकीने समयमा भाग वण्डा हुने गरेको पाइएको हो ।
यस विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशलाई जानकारी नभएको होईन् ।ट्राफिक प्रहरीमा असुलीका कुख्यात भनेर चिनीएका सहायक हबल्दार हिरालाल दासलाई पनि  अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँरोड मै राखिनुले पनि शंका गर्ने प्रसस्त ठाउँहरु रहेका छन् ।

सम्बन्धित समाचार