Close This

टिफर र ट्याक्टर ठोकिदाँ सहचालकको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२० गते   ३२० पटक हेरिएको

सर्लाहीको ईश्वरपुर न.पा.५ फुलजोर स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना ज्यान गएको छ भने १ जना घाईते भएका छन  ।

मंगलबार राती करिब ८ः५० बजे फुलजोरबाट बयलबास तर्फ जाँउदै गरेको ना.८ख.३०९३ नं को टिफर र बिपरित दिशाबाट आएको  ना.४त.४१२५ नं को ट्याक्टर एक आपसमा ठक्कर खाई टिफर अनियन्त्रित भई पल्टीदा टिफर चालक उदयपुर कटारी न.पा.६ बस्ने अन्दाजी बर्ष २४ को बिष्णु बहादुर दनुवार र सहचालक सोही स्थान निवासी  अन्दाजी वर्ष २३ को सुजन दनुवार घाईते  भई उपचारको लागि लैजाँदै गर्दा सुजनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
चालक दनुवारको टाउको र ढाडमा चोट लागेको  र उनको स्थानिय स्वास्थ्य संस्थामा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलबासका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र राज गुरुंले जानकारी दिनु भयो । मृतक सह चालकको सब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech