Close This

युवतीको विषयलाई लिएर युवामाथी कुटपिट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२१ गते   २५५ पटक हेरिएको

जिल्लाको वागमती नगरपालिका १० का एक  युवकमाथी युवतीको सम्बन्धको विषयलाई लिएर  निर्मम कुटपीट भएको छ। वागमती नगरपालिका १० का २० वर्षिय राजकुमार कुशवाहलाई युवतीका आफन्तले निर्घात कुटपीट गरेका प्रहरीले जनाएको छ ।
कुटपिटबाट युवक अचेत अवस्थामा रहेका रहेका र उनको काठमाडौंको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको आफ्न्तले जनाएका छन । उनको शरीरका विभिन्न भागमा गंभिर चोट लागेको सर्लाही प्रहरीले जनाएको छ ।
गत शुक्रबार राति युवतीको घर गएका युवकमाथी युवतीका चारजना दाइ र वुवाले कुटपीट गरेको घाईते युवकका दाइ संजयकुमार कुशहवाले बताएका छन । ‘भाइलाई मारेर फालिदिएका छन् भन्ने खबर छिमेकीले सुनाएपछि सोमबार राति २ बजे युवतीको घर गयौं, हामीले भेट्दा भाइ अचेत अवस्थामा थियो,’ उनका दाजु संजयले बताए ।
युवक चोरी गर्न आएको र कुटपीट गरेको बताएपछि स्थानिय प्रहरीले उल्टै घाईते युवकलाई नै नियन्त्रणमा लिएको र युवतीका आफन्तलाई केही नगरेको गुनासो युवकका आफन्तको छ। शुक्रबार राति नै उनलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेज लगिएको थियो। तर त्यहाँ हाल अन्य रोगका बिरामी भर्ना नलिने भन्दै काठमाडौं पुर्याइएको घाइतेका आफ्न्तले बताएका छन ।
सो घटनालाई सामान्यरुपमा लिएको र आफ्नो जाहेरी समेत दर्ता गर्न नमानेको पीडित पक्षको गुनासो छ। हाल युवकको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई रहेको घाइतेका दाइ सन्जयले बताएका छन ।युवतीका दाइले भने राति बहिनीको कोठामा भेटेका कारण कुटपीट गरेको बताएका छन् । ‘त्यति राति बहिनीसँग भेटेपछि हामीलाई रिस उठ्यो, आवेशमा आएर भाइहरुले बढी नै कुटपीट गरेका हुन्,’ युवतीका दाजुले भने, ‘धन्न बहिनीमाथी गलत घटना हुन पाएन, तर केटाको नियत गलत नै हो।’
उनले ढोका र पिलरमा ठोक्किएर चोट लागेको बताए। ‘अफेयर छ भने बाहिर बोलाउन पर्थ्यो, भगाएर लैजान पनि सक्थ्यो। आवेशमा यो घटना भएको हो। यसमा राजनीति गर्न खोजिँदैछ,’ युवतीका दाइले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech