Close This

आज ३ जना कोरोना संक्रमित थपिए,अब जिल्लामा १४९जना संक्रमित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२२ गते   ५८३ पटक हेरिएको

सर्लाहीमा आज(बिहीबार) एकैदिन तीन जना संक्रमित थपिए, जिल्लाभर संक्रमितको संख्या १४९ पुगेको छ ।
सर्लाहीमा आज (बिहिवार) थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

धनकौल गाउँपालिकाका १९ र ४० वर्षीय दुई पुरुष तथा रामनगर गाउँपालिकाका २० वर्षीय एक पुरुषको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनिहरु तीनै जना केही दिनअघि भारतबाट आएर सम्वन्धित  स्थानिय निकायको क्वारेन्टाइनमा बसेका र आज तीन जना थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या १४९ पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।
केही दिनदेखि निरन्तर दैनिक दोहोरो संख्यामा संक्रमित थपिँदै गएका भएपनि आज भने हिजो अस्तीको तुलनामा कम व्यक्ति अर्थात तीन जनामा मात्रै संक्रमण पुष्टी भएको प्रजिअ जिसीले बताउनु भयो । जिल्लाका विभिन्न स्थानिय निकायका क्वारेन्टाईनबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइको भएपनि राष्ट्रिय प्रयोगशालामा पालो पर्खिनु पर्ने भएकाले थोरै थोरैको मात्रै नजिता आइरहेको प्रजिअ जिसीले बताउनु भयो ।
उहाँका अनुसार पछिल्ला दिनमा थपिएका सङ्क्रमितहरुलाई सम्वन्धित स्थानिय निकायमै आइसोलेटेड गरी राख्ने काम भइरहेको छ । भारतबाट आइरहेकाहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या  परिरहेका समयमा संक्रमित बढ्दै गएपछि थप चूनौति आइपरेको स्थानिय निकायका जनप्रतिनिधिहरुले  गुनासो गरेका छन् ।
संक्रमित ह्वात्तै बढेपछि उनीहरुलाई आइसोलेसन वार्ड तयार पारेर खाने बस्नेको व्यवस्थापन गर्नेदेखि चिकित्सकीय निगरानीमा राख्न कठीन भएको छ । आइसोलेसन वार्ड तयार पार्न नभ्याएका स्थानिय निकायहरुमा क्वारेन्टाइनलाई नै आइसोलेसन वार्डमा रुपान्तरण गरी संक्रमितलाई त्यहीँ राख्ने काम भइरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech