फिल्म“मेयर”को शीर्ष अभिनेत्रीमा राउत अनुबन्धित

204 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको नाममा दीपेन्द्र के खनाल निर्देशक भएर निर्माण हुने “मेयर”नामको फिल्मको शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् ।“गाउँ गाउँको सिंहदरबार”स्थानीय सरकार कस्तो हुनुपर्छ भन्ने देखाउन फिल्मको तयारी थालिएको र फिल्म सुटिङ स्थलको अनुगमन तथा पहिचान गर्ने काम भई रहेको अवस्थामा “मेयर”फिल्मको शीर्ष अभिनेत्रीमा राउत अनुबन्धित भएकी मेयर फिल्मका निर्देशक तथा निर्माता खनालले जानकारी दिए ।
फिल्म“मेयर”को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने यस अघि नै अनुबन्धित  भईसकेका छन्।राउतले लामिछानेको अपोजिटमा अभिनय गर्ने निर्माताले बताएका छन् ।फिल्मको छायांकन फागुन १५ देखि सर्लाहीको बागमती,हरिवन र बरहथवा नगरपालिका केन्द्रीत भएर हुने जनाइएको छ।फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा खनाल आफैँ रहेका बागमती नगरपालिकाका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिकाका नगर प्रमुख थापाको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले गरेका विकास निर्माणका साथै सुशासनलाई समेटेर“मेयर”नामको फिल्म निर्माणका लागि सुटिङ स्थलको अनुगमन तथा पहिचान गर्ने काम भईरहेको छ ।

सम्बन्धित समाचार