वृहत् साँस्कृतिक तथा शैक्षिक महोत्सवको तयारीको नगर प्रमुख थापाद्धारा अवलोकन

67 Shares

सर्लाहीको बागमतीमा फागुन १५ गते हुने वृहत् साँस्कृतिक तथा शैक्षिक महोत्सवको तयारीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले अवलोकन गरेका छन् ।नगर प्रमुख थापा सहित माध्यमिक केन्द्र विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवम पदाधिकारीहरुका साथै स्थानीय जनप्रतिनिधिहरु र नगरपालिकाको शिक्षा शाखाको टोलीले स्थलगत अवलोकन गरेका बागमती नगरपालिका ५ स्थित सोल्टीमा रहेको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।
उनका अनुसार फागुन १५ गते हुने वृहत् साँस्कृतिक तथा शैक्षिक महोत्सवमा नगर भित्रका सामुदायिक विद्यालयका करिब चार हजार विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गर्ने छन् ।सातै वटा प्रदेशका पहिचान र संस्कृति झल्कने १४ वटा गीतमा पाँचसय विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्ने बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार फागुन १५ गते हुने वृहत् साँस्कृतिक तथा शैक्षिक महोत्सवको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर सुधार गर्दै सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधार गर्दै यस पटक फागुन १५ गते हुने वृहत् साँस्कृतिक तथा शैक्षिक महोत्सव गर्न लागेको बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सम्बन्धित समाचार