लालबन्दीका मेडिकल व्यावसायी महताेमाथि खुकुरी प्रहार

177 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा शनिबार एकजना माथि खुकुरी प्रहार भएको छ । लालबन्दी नगरपालिका ६ मा रहेको लालबन्दी मोडेल अस्पताल प्रा।लिका प्रवन्धक लालबाबु महतोमाथि लालबन्दी नगरपालिका ७ स्थित राधाकृष्ण मन्दिरमा पुजा गर्न गएको समयमा शनिबार बिहान करिब साँढे ११ बजे खुकुरी प्रहार भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । लालबन्दी नगरपालिका ७ स्थित रहेको राधाकृष्ण मन्दिरमा पुजा गर्न गएको समयमा एक जना अपरिचित मानिसले पैसा मागेका र तपाईंलाई पैसा किन चाहियो भन्दा आफुमाथि खुकुरी प्रहार भएको प्रवन्धक महतोले बताए ।
ूमाग्नेको भेषमा आएका एकजना अपरिचित मानिसले पैसा मागेपछि आफुले किन पैसा चाहियो भनी सोध्दा सिधै खुकुरी प्रहार भयोू प्रवन्धक महतोले बताए । प्रवन्धक महतोमाथि खुकुरी प्रहार गरेर भाग्न खोज्ने क्रममा धनुषाको महेन्द्रनगर घर बताउने अन्दाजी ४२ वर्षका दसरथ साहलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीको जिम्मा लगाएका छन् भने घाइते प्रवन्धक महतोको हादिने हातमा  चोट लागेको र उनी अहिले खत्रा मुक्त रहेका प्रहरीले जनाएको छ । घाईते महतोको लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी मोडेल अस्पताल प्रा।लिमा उपचार भई रहेको अस्पताल स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिईएका साहलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरिक्षक हरिबोल के।सीले जानकारी दिए । दिन दहाडै व्यावसायीमाथि खुकुरी प्रहार हुनुले लालबन्दीका व्यापारी व्यावसायीहरुमा त्रास फैलिएको छ भने लालबन्दी क्षेत्रमा प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न नसकेको हो भन्ने विषयमा चासो बढेको स्थानीय व्यापारीहरुले बताएका छन् । प्रहरी नियन्त्रणमा लिएका साह मानसिक रुपमा स्वस्थ नरहेका भन्दै व्यापारीमाथि खुकुरी प्रहार हुँदा पनि प्रहरीले सहज रुपमा लिएको छ ।

सम्बन्धित समाचार