बागमती ८ सोल्टी बजारमा कुमारी बैँकको एक्सटेन्सन काउण्टर स्थापना

694 Shares

सर्लाहीको बागमती नगरपालिका ८ स्थित सोलटी बजारमा कुमारी बैँकको शाखा कार्यालय स्थापना गरि बिहीबार उद्धघाटन गरिएको छ ।यससंगै देशभर तीन सय दुई वटा शाखा सञ्चालन गरेको कुमारी बैँकका ५१ वटा एक्सटेन्सन काउण्टर र ६५ वटा विल काण्न्टरहरु सञ्चालनमा आएका छन् ।
केही महिना पहिला एक्सटेन्सन काउण्टरको निर्माण भएको र प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तानका साथै कुमारी बैँक मधेश प्रदेशका प्रमुख समिर आचार्यले संयुक्त रुपमा एक्सटेन्सन काउण्टर उद्धघाटन गरेका कुमारी बैँक बागमती शाखाका प्रमुख गोविन्द लामिछानेले जानकारी दिए ।
बागमती नगरपालिकाको बजारी केन्द्रको रुपमा रहेको बागमती नगरपालिका ८ सोल्टी बजारलाई लक्षित गरेर केही महिना पहिला प्रहरी चौकी समेत स्थापना गरिएको र यस क्षेत्रका व्यापारी व्यवासयीहरुका साथै कर्माचारीहरुलाई बैकिङ् कारोबारका लागि अन्यन्त्र जानु नपरोस भनेर एक्सटेन्सन काउण्टर भएपनि सञ्चालनमा ल्याईएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले बताए ।

सम्बन्धित समाचार