सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकाेटबाट स्राेत नखुलेकाे रु १४ लाख बढी रकम सहित एकजना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार(आज)बिहान करिब ९ बजे लालबन्दी नगरपालिका १३ स्थित पत्थरकाेटबाट स्राेत नखुलेकाे रु १४ लाख १० हजार नगद् सहित लालबन्दी नगरपालिका १४ नारायण खाेलाका धन बहादुर पाख्रिन र उनले चलाएकाे प्रदेश २-०३-००१ प ८३५७ नम्बरकाे माेटरसाईकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नियन्त्रणमा लिएका पाख्रिन,रकम र माेटरसाईकललाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । प्रहरी चाैकी पत्थरकाेटबाट खटिएको प्रहरीको गस्ती टाेलीले शंका लागि चेकजाँच गर्दा गर्दा माेटरसाईकलमा आएका पाख्रिनकाे साथबाट स्राेत नखुलेकाे रु १४ लाख १० हजार नगद् बरामद् भएको हाे ।