हरिपुर ७ चिताईनमा शिव रात्रीको अवसरमा आजबाट मेला सुरु

87 Shares

सर्लाहीको हरिपुर नगरपालिका ७ स्थित चिताईनमा महा शिव रात्री पर्वको अवसरमा आजबाट छ दिने मेला सुरु भएको छ।महाशिव रात्री पर्वको अवसरमा लक्ष्मीनाथ चिताईन महादेव विकास समितिको आयोजनामा फागुन २५ गते अर्थात आजदेखि चैत ३० गते सम्म छ दिन लाग्ने मेला आज(शुक्रबार)बाट सुरु भएको समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए ।
उनका अनुसार चिताईन धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारका साथै आन्तरिक पर्यटक प्रवर्द्धन गर्न हरेक वर्ष झैँ यस वर्षपनि चिताईन मेला २०८० आयोजना गरिएको हो ।समितिले मंगलबार पत्रकार सम्मेलन गरि मेलाको बारेमा जानकारी गराएको थियो ।प्रचार प्रसारको अभावमा चिताईन मन्दिर पछाडि परेको र यसको अत्याधिक प्रचार प्रसार आवश्यक रहेको हरिपुर नगरपालिकाका नगर प्रमुख एवम प्रमुख अतिथि गोपाल पञ्जियार थारुले बताए ।
लक्ष्मीनाथ चिताईन महादेव विकास समितिको सभा हलमा भएको पत्रकार सम्मेलनमा हरिपुर नगरपालिकाका नगर प्रमुख पञ्जियारको प्रमुख आतिथ्यता र हरिपुर नगरपालिका ७ का वडा अध्यक्ष मनोज कुमार चौधरी,आनन्द धामी र थारु कल्याणकारी समिति सर्लाहीका सिकेन्द्र चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो ।मेलामा थारु समुदायका विभिन्न किसिमका सांस्कृति झल्कने झाँकीहरुका साथै खानाका परिकारहरुको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार