भन्सार छलीको फुल र कपडा सहित दुई जना सर्लाही प्रहरीको नियन्त्रणमा

504 Shares

सर्लाही प्रहरीले अबैध रुपमा भन्सार छलि ल्याएका फूल,कपडा र गाडी सहित दुई जनालाई पक्राउ गरेको छ ।नेपाल भारत सिमा क्षेत्र स्थित संग्रामपुरबाट भन्सार छली चोरी पैठारी गरि ल्याएको फूल,कपडा र गाडी सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

उनका अनुसार संग्रामपुरबाट भन्सार छलि ल्याएका फूल र कपडा गाडीमा लोड गरेर काठमाण्डौँ लैजान ल्याउँदै गर्दा हरिपुर्वा नगरपालिका ५ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । “केही व्यक्तिहरुले भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी काँचा फुल लगायत कपडाहरु चार चक्के भ्यानमा लोड गरी नेपालको हरिपुर्वा हुँदै काठमाण्डौ तर्फ लगि रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी हरिपुर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश २–०३–००१ च ०६८४ नम्बरको पिकअप गाडी सहित महोत्तरीको बर्दिबास नगरपालिका ३ का अन्दाजी वर्ष ४२ का संतोष मगर र सर्लाहीको पर्सा गाउँपालिका ६ का अन्दाजी वर्ष ३८ का सरोज भण्डारीलाई नियन्त्रणमा लिएको हो।”जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनका अनुसार सो गाडीमा विभिन्न किसिमका फूलका माला,फुल भित्र अवैध रुपमा लुकाई छिपाई राखेको कपडा,फुल र गाडी सहित मगर र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा लुकाई छिपाई ल्याएको फुलको गाडी र मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको छ भने कपडा भन्सार कार्यालय र फुल प्लान्ट कवारेन्टाईन कार्यालय बुझाइएको छ । नियन्त्रणमा लिएको कपडा।फुल र सवारी साधन अन्दाजी मुल्य रु १२ लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भण्डारीले राजश्व छली गर्ने गरेको आशंका

सर्लाहीको पर्सा गाउँपालिका ६ मा रहेको सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सले राजश्व छली गर्ने गरेको पाइएको छ ।पर्सा घर भएका सन्तोष भण्डारीले आफ्ना भाई सरोज भण्डारीको नाममा दर्ता गरेको सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सले राजश्व छली गर्ने गरेको पाइएको हो । ६१५८४२९८९ नम्बर भएको प्यान विल काट्दा कार्पन नराखी अर्थात ओसी नराखी विल काटेर हचुवाको भरमा अन्दाजी वार्षिक करोवार देखाई आर्थिक वर्ष २०७९/०८० को करचुक्ता लिएको पाइएपछि सो फर्मले सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको पाइएको हो ।

सो फर्मका सञ्चालक भण्डारीले सर्लाही र महोत्तरीका विभिन्न नाका प्रयोग गरि भारतीय फुल नेपाल भित्र्याउने र सोही विल काटेर काठमाण्डौँ सम्म पनि फुल पठाउने गरेका भन्दै उनीलाई प्रहरीले पटक पटक नियन्त्रणमा लिने गरेको भएपनि कमिसनमा कुरा मिलेपछि छाड्ने गर्दा उनको कारोबार रोकिएको छैन् । सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्स पर्सा गाउँपालिका ६ को नाममा रहेको ६१५८४२९८९ प्यान नम्बर भई काटिएका केही विलका ठेलीहरु हामीलाई प्राप्त भएपछि सो फर्मको सो विल ठेलीहरु र करचुक्ता अध्यायन गर्ने क्रममा राजश्वमा हानी नोक्सानी पुर्याएको पाइएको हो ।विलका ठेलीहरुको र कारोवारको एकिन नगरी करचुक्ता दिनुले राजश्व छलीमा करदाता सेवा कार्यालय मलंगवाको समेत मिलेमतो रहेको आशंका गरिएको छ ।

सो फर्मले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा रु ३० लाख करोबार गरेको भन्दै रु दुई हजार पाँच सय कर दाखिला गरेर करचुक्ता लिएको छ।करचुक्ता प्रमाण पत्र नम्बर ८०३८६७२४४ रहेको करचुक्ता प्रमाण पत्र २०८० पुस १८ गते सो फर्मले पाएको हो । हामीलाई प्राप्त सो फर्मको आर्थिक वर्ष २०७८/०७९ को करचुक्ता प्रमाण पत्रमा पनि वार्षिक करोवार रु ३० लाख नै राखिएको र रु छ सय २५ कर दाखिला गरेको करचुक्ता प्रमाण पत्र नम्बर ८०३८६७२४३ रहेको करचुक्ता प्रमाण पत्र पनि प्राप्त भएको छ ।

दुर्व वर्ष सो फर्मले वार्षिक रु ३०÷३० लाख करोवार गरेको देखाएको भएपनि दाखिला गरेको रकममा करिब दुई हजार फरक देखिएको छ ।२०८० पुस १७ गते कर चुक्ता गरेको भन्दै २०८० पुस १८ गते दुवै आर्थिक वर्षको करचुक्ता प्रमाण पत्र प्रदान गरिएको पाइएको छ। हामीलाई प्राप्त सो फर्मको प्यान विल ठेलीमा कुनै पनि ठेलीमा क्रमागतका साथै चालु आर्थिक वर्षको मात्रै नभई विगत २÷३ आर्थिक वर्षको समेत एउटै ठेलीमा विल काटेको र कार्पन वा ओसी नराखी विल काटेको पाइएको छ ।

सो सम्बन्धमा बुझ्न सो फर्मका सञ्चालक सन्तोष भण्डारीलाई फोन गर्दा सम्पर्क हुन सकेन् ।उनी विगत लामो समयदेखि भन्सार छली भारतिय फुल तथा नर्सरी नेपाली बजार ल्याएर कारोबार गर्दै आएका व्यापारी हुन ।भने सर्लाही प्रहरीले पक्राउ गरेका सरोज भण्डारी उनै सन्तोष भण्डारीका भाई हुन ।

सम्बन्धित समाचार