लालबन्दी १५ को वडा कार्यालय भवनको शिलान्यास,केही स्थानीयको असहमती

97 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ को वडा कार्यालय निर्माण गर्न आज(बिहीबार)वडा कार्यालय भवनको शिलान्यास गरिएको छ।लालबन्दी नगरपालिका १५ को वडा कार्यालय निर्माण गर्न झरझरास्थित गुम्बा नजिकै भवन निर्माणका लागि आज(बिहीबार) शिलान्यास गरिएको लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर वलले जानकारी दिए ।

वडा कार्यालय भवन निर्माण गर्न तराई मधेश समृद्धि कार्यक्रमबाट रु २५ लाख बजेट प्राप्त भएको र सो बजेटले लालबन्दी नगरपालिका १५ को वडा कार्यालय निर्माण गरिने वडा अध्यक्ष वलले बताए।उनका अनुसार लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन ।बहुवर्षीय योजना अन्तर्गत वडा कार्यालय भवन निर्माणमा आवश्यक पर्ने थप बजेट वडा आफैले हाल्ने र चालु आर्थिक वर्षको असार सम्ममा तराई मधेश समृद्धि कार्यक्रमबाट रु २५ लाख बजेटले भ्याए सम्म काम गर्ने योजना रहेको छ ।
तर झरझरास्थित गुम्बा नजिकै वडा कार्यालय भवन निर्माण गर्न शिलान्यास गरेपछि केही स्थानीयले विरोध गरेका छन्।नेकपा(एमाले)का नेता उदयकुमार मोक्तानको नेतृत्वमा स्थानीयले विरोध गरेका हुन।जनभावना विपरीत अपायक स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको बताए।एमाले नेता मोक्तानले सेतीभिर,बाहुनेडाँडा,अर्नेडाँडा,बोहेरेडाँडा, सतभैयालगायत क्षेत्रका स्थानीयकोे कुरा पनि सुन्नु पर्ने र नगरपालिकामा ज्ञापन पत्र बुझाउँदा समेत आफूहरुको कुरै नसुनी केही व्यक्तिको स्वार्थ हेरेर वडा कार्यालय भवन झरझरा डाँडातर्फ लगिएको आरोप लगाएका छन् ।
यता,लालबन्दी नगरपालिका १५ को भूगोल नै त्यस्तै रहेको र जहाँ वडा कार्यालय बनाउँदा पनि कसै न कसैलाई अपायक पर्ने अवस्था रहेको लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष वलले बताए।उनले वडामा चुरेको लामो भाग पर्ने र छरिएर रहेका विकट बस्ती धेरै नै रहेकाले समस्या परेको बताए । वडा कार्यालय भवन निर्माण गर्न वडाभित्र तीन पटकसम्म सर्वदलीय बैठक राख्दा सहमती हुन नसकेको र अन्तिम पटकको छलफलमा नगरपालिकाबाट जे निर्णय हुन्छ,त्यसैलाई स्वीकार गर्ने सहमती भएको वडा अध्यक्ष वलले बताए ।
लालबन्दी नगरपालिका नगर कार्यपालिकाको बैठकले लालबन्दी नगरपालिका १५ को वडा कार्यालय भवन झरझरास्थित गुम्बा नजिकै निर्माण गर्ने निर्णय गरेको छ । हाल लालबन्दी १५ र १६ को वडा कार्यालय साबिकको परवानिपुर गाउँ विकास समिति (गाविस) को भवनबाट संयुक्त रुपमा संचालन भइरहेको छ ।

सम्बन्धित समाचार