जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टी नष्ट गरेको छ।सर्लाहीको कौडेना गाउँपालिका र रामनगर गाउँपालिकाका विभिन्न स्थानहरुमा सञ्चालित अवैध घरेलु मदिरा,कच्चा पदार्थ तथा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अवैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी,भट्टीमा रहेको घरेलु मदिरा बनाउने कच्चा पदार्थ करिब एक हजार तीन सय लिटर र तयारी घरेलु मदिरा करिब चार सय लिटरका साथै एक थान मेसिन र रामनगर गाउँपालिका ४ को वैठा टोलबाट एक सय ५० लिटर कच्चा पदार्थका साथै अवैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी,भट्टीमा प्रयोग भएका भाँडा गरी कुल रु एक लाख ४० हजार दुई सय बराबरको सरसमानहरु नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।
छिमेकी देश भारतको विहार राज्यमा मदिरा निशेष रहेको र भारतिय नागरिकहरु नेपालका सीमा क्षेत्रमा सञ्चालित मदिरा भट्टीहरुमा आएर मदिरा खाने र त्यसैका कारण विभिन्न किसिमका अपराधिक गतिविधिहरु हुने गरेका पाइएको भन्दै अवैध रुपमा सञ्चालित मदिरा भट्टीहरुको नियमन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।