हरिहरपुरगढीका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्रका नेता हरिकृष्ण स्थानीय किसानहरुको ६० बिघा जमिन हडपे

360 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका नेपाली कांग्रेसका नेता र नेकपा(माओवादी केन्द्र) हरिहरपुरगढीका नेताले मिलेर स्थानीय निमुखा,गरीब किसानहरुको जमिन हडपेका पाइएको छ।हरिहरपुरगढी गाउँपालिका ७ स्थित रहेका निमुखा,गरीब किसानहरुको करिब ६० बिघा जमिन हडपेका पाइएको हो ।
हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता बम बहादुर स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता बोधप्रसाद घिमिरे(हरिकृष्ण) मिलेर हरिहरपुरगढी गाउँपालिका ७ का निमुखा,गरीब किसानहरुको करिब ६० विघा जमिन कर्लप्पै खाएका पाइएको हो ।
हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्ण मिलेर गैरकानुनी ढंगबाट आफुहरुको जग्गा आफ्नो नाममा बनाएको स्थानिय पीडित परिवारले बताए।“तिमीहरुको जग्गा हेर्न आएको,यो जग्गा किनबेच भई सकेको भन्दै विभिन्न मानिसहरु आउने गरेका स्थानीय पीडित परिवारले जनाएका छन् ।आफुहरुले २०४९ सालमा किनबेच गरि भोगचलन गरि रहेको भएपनि आफुहरुलाई पास नगरि अरु मानिसलाई नै बेचिदिएको पाएको”पीडित परिवारले जनाएका छन् ।
वर्षौँ अघि किनेर भोगचलन गर्दै आएका निमुखा,गरीब किसानहरुले जग्गा खरिद वापतको लाखौँ रकम साहुलाई बुझाउदा पनि आफुहरुको नाममा जग्गा पास नगरी अरु नै मानिसहरुलाई पास गरि दिएका पीडित परिवारको भनाई छ ।२०२६ सालदेखि सो जग्गा किनेर भोगचलन गर्दै आएको आफुहरुलाई हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्ण मिलेर अरु मानिसहरुलाई नै विक्रि गरि आफुहरुको बिल्लिबाठ बनाएका पीडित परिवारको भनाई छ ।
पुर्व प्रधानपञ्चका छोरा स्याङ्बाले आफ्नो नाममा रहेको जग्गा मौखिक रुपमा स्थानय निमुखा,गरीब,किसानहरुलाई विक्री गरेका थियो ।२०२६ सालदेखि स्याङबाले जग्गा बेच्दै आएका र त्यसवापत स्थानीयसंग उनले जायजेथा समेत लिएका थिए ।कोहिसँग कुखुरा त कोहिसँग सुंगुर त कतिले किस्ताकै दरमा निरन्तर पैसा भुक्तानी गरेका भएपनि जग्गा किनेका निमुखा,गरीब,किसानहरुलाई जग्गा पास नगरी अरु नै मानिसहरुलाई जग्गा पास गरिदिएका पाइएपछि आफुहरुको उठिबास भएको स्थानीय पीडित परिवारले जनाएका छन् ।
झण्डै छ दशकदेखि अहिलेसम्म भोगचलन गर्दै आएका गाउँलेहरुले पटक पटक लालपुर्जा माग्दा समेत स्याङ्बाले लालपुर्जा नदिएका स्थानीयको भनाई छ।१४ जना निमुखा,गरीब किसानहरुसंग रकम असुले जग्गा विक्रि गरेका हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णले सोझा किसानलाई घर र घाटको बनाएका छन् ।
जग्गा खरिद,विक्रीका माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णले हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बालाई सहयोग गरेको स्रोतको दाबी छ।“व्यवहारिक रुपमा जग्गा स्थानीय निमुखा,गरीब किसानहरुले किने तर कानुनी रुपमा सो जग्गा किन्नेको नाममा पास गरिएन।माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णले दलाली गर्दै जग्गा किन्नि मान्छे ल्याएर खरिद बिक्रि गरि दिए।जसका कारण आज स्थानियको विल्लिबाठ भएको छ ।”एक स्थानीय जानकारले बताए ।
आफ्नो बाउबाजेदेखि भोगचलन गर्दै आएको जग्गामा अहिले प्रत्येक दिन नयाँ मान्छे आएर जग्गा आफ्नो भएको दाबी गर्न थालेपछि गाउँलेहरुको उठिबास भएको छ । स्याङ्बाले जग्गा बेचेर पैसा लिए तर लालपुर्जा दिएनन् । उनले पैसा लिएर अर्कै मानिसलाई जग्गा विक्रि गरे ।
हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णको बदमासीले गर्दा पसिनाको कमाई बगाएर जग्गा किनेका गरिब किसान अहिले घर न घाटको भएका छन् ।२०३९ सालमा किनेको ४० कठ्ठा जग्गा चुक्ता गर्दै आएका एक स्थानीयले सबै रकम तिरेपनि सो जग्गा माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णको नाममा नै छ ।
२०२६ सालमा १४ जना किसानका बाउबाजेले उक्त जग्गा किनेका थिए तर,हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बाले लालपुर्जा दिन्छु भन्दै झुक्काउने काम गरे । एक स्थानीय पीडितले बताए ।
जग्गा किनेको समयको प्रचलन अनुसार पीडित किसानहरुले नगद र जिन्सि दुवै मार्फत रकम भुक्तानि गरि सकेका छन् ।गाउँलेहरुले छ दशकदेखि भोगचलन र खेतिपाती गर्दै आएको जग्गाा माओवादीका नेता हरिकृष्णको भुमिकामा हडपिएको स्थानीय बताउँछन् ।सिंगो गाउँनै माओवादी केन्द्रका नेता हरिकृष्णको बदमासीले बारम्बार रोइरहेको साथै सिंगो गाउँको लालपुर्जा विभिन्न तिग्डम लगाएर हरिकृष्णले आफ्नो नाममा बनाएको स्थानीय बताउँछन् ।
आफुले खरिद गरेर भोग चलन गरेको जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णलाई झिकाइदिन स्थानीय पीडित किसानहरुले हरिहरपुरगढी गाउँपालिकामा २०८० माघ २५ गते निवेदन समेत दिएका पाइएको छ ।
गाउँपालिकाले न्यायिक समितिमार्फत मानिस झिकाएर छलफल गराउने आश्वासन दिएको भएपनि हालसम्म कुनै काम नगरेको पीडितहरुको गुनासो छ ।तर गाउँपालिकाको न्यायिक समितिले एक चरणमा छलफल भएको र उक्त घट्ना कसरी अघि बढाउने भन्नेमा टुंगो नलागेको साथै अध्ययन भइरहेको बताएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका कांग्रेसका नेता स्याङ्बा र माओवादी केन्द्र हरिहरपुरगढीका नेता हरिकृष्णले हरिहरपुरगढी ७ स्थित क्यानेश्वरमा रहेको जनकल्याण प्राथमिक विद्यालयको जगा समेत हडपेका एक स्थानीयले बताए ।सुकुम्बासीलाई समेत जग्गा मिलाईदिने भन्दै माओवादी केन्द्रका नेता हरिकृष्णले रु ५० हजार देखि चार लाख सम्म लिएका स्रोतको भनाई छ ।

सम्बन्धित समाचार