पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिक १ रायमाझी चोकमा यात्रु बाहक बस सडक किनारमा राेकि राखेकाे भारतीय नम्बरकाे ट्रकसंग ठाेक्दिँदा तीनजनाको ज्यान गएकाे छ ।
बिहीबार(आज) बिहान करिब सात बजे बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुर तर्फ आउँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकि राखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रकसंग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना गंभिर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ।
घाइतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।