देशको अर्थतन्त्रलाई खोक्रो बनाउने तस्कर र अवैध धन्दामा संलग्न गिरोहविरुद्ध शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा कडा एक्सनमा उत्रिएको छ।शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीको नेतृत्वको शसस्त्र प्रहरीको टोलीले आफ्नो मातहतको क्षेत्रबाट दैनिक जसो भन्सार छली निकासी पैठारी हुने विभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिई रहेको भएपनि शुक्रबार एकैदिन नेपाली कस्मेटिकका सामाग्री र भारतिय जुत्ता,चप्पल गरी अन्दाजी रु १३ लाख भन्दा बढीको सामान नियन्त्रणमा लिएर अर्काे किर्तीमानी कायम गरेको हो ।
ब्रम्हपुरी गाउँपालिका–५ सखुअवा गाँउका सुरेश यादवको घरमा स्टोर गरि राखेको अन्दाजी रु.१२ लाख बरावरको काजल शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशको विशेष सूचनाका आधारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी मलंगवा नगरपालिका–९, बालमन्दिर चोकबाट स्थित सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारी कै नेतृत्वमा खटिएको शसस्त्र प्रहरी बलको टोली र सर्लाही भन्सार कार्यालय मलंगवाबाट खटिएको संयुक्त टोलीले स्थानीय नुर आलमको घरबाट रहना खातुनले सञ्चालन गर्दै आएको अमन स्टोरमा भारतवाट अवैध रुपमा ल्याई लुकाई छिपाई ल्याई संकलन गरेर राखेको अवस्थामा अन्दाजी रु एक लाख १५ हजार एक सय ७५ बराबराको गोदाम गरि राखेको जुत्ता चुप्पल नियन्त्रणमा लिएको हो ।
एकै दिन दुई ठाउँमा गरेको शसस्त्र प्रहरीको अप्रेशनले रु १३ लाख २५ हजार एक सय ७५ बराबरको न्सार छलीका सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल,नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।यसका साथै, हरिपुर्वा नगरपाकिला–९ खिलागाउँबाट कुनैपनि कागजात नभएको तस्करी हुँदै गरेको अवस्थामा मसला जातको काठ सहित एउटा ट्याक्टर शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा कै टोलीले नियन्त्रणमा लिएको छ ।

बाँके संग्रामपुर हुलकी सडक खण्ड अन्र्तगत श्रीपुरबाट हरिपूर्वी बजार तर्फ जांदै गरेको म.प्र.०२–००१ त ३१५२ नम्बरको ट्याक्टरमा लोडगरी लैजादै गरेको कागजात केहिपनी नभएको मसला जातको काठ र ट्याक्टरी गरी रु चार लाख १८ हजार बराबरको माल वस्तु नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल,नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।यता,सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि खटिएका एक दबंग सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले आफ्नो कार्यक्षेत्रमा आक्रामक कदम चाल्दै एक पछि अर्काे कडा एक्सन गरि राखेका छन् ।
सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट(बिओपी),त्रिभुवननगर,सखुअवा र संग्रामपुर क्षेत्रबाट व्यापक तस्करी हुने गरेको विशेष सूचनाका आधारमा खटिएका शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले हरेक दिन भन्सार छलीको माल वस्तु नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट(बिओपी),त्रिभुवननगरको सेट नै सशस्त्र प्रहरी बल,नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेश तानिएका थिए भने सखुअवा र संगामपुर विभिन्न बाहना बाजी गर्दै जोगिँद आएका छन् ।
राज्यको राजस्व चुहावट गरी रातारात मालामाल बन्न खोज्ने तस्करहरूका लागि पछिल्लो समय शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीको कडा प्रशासनिक र रणनीतिक कदम टाउको दुखाइको विषय बन्दै गएको छ।स्रोतका अनुसार शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारी शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाको गुल्मतपति भएर आएदेखि सीमावर्ती नाकाहरूबाट हुने अवैध सामानको ओसारपसार र तस्करीमाथि कडा निगरानी बढाइएपछि तस्करहरुको निदहराम भएको छ ।सशस्त्र प्रहरीको टोलीले छापा मार्दा ठूलो परिमाणमा राजस्व छली गरी ल्याइएका अवैध लत्ताकपडा,खाद्यान्न,इलेक्ट्रोनिक्स सामान तथा अन्य तस्करीका सामग्रीहरू बरामद हुन थालेपछि सो क्षेत्रका तस्करहरुको भागाभाग भएको छ ।
तस्करहरूको जालो तोड्दै आक्रामक सुरक्षा नीति
खुला सीमानाको फाइदा उठाउँदै सेटिङका आधारमा हुने अवैध कारोबारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने उद्देश्यसहित शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले कमान्ड सम्हालेदेखि नै कडा नीति अवलम्बन गर्दै आएका छन्।यसअघि पनि तस्कर र सेटिङ मिलाउने गिरोहहरूले विभिन्न प्रलोभन देखाए पनि ती सबै दबाबलाई लत्याउँदै उनले आफ्नो कार्यशैलीमा कुनै सम्झौता गरेका छैनन्।
एकै दिनमा १३ लाख बढीको सामान पक्राउ पर्नुले सीमा क्षेत्रमा सक्रिय तस्करहरूको मनोबल खस्केको छ भने स्थानीय व्यवसायी र इमानदार नागरिकहरूले सुरक्षा प्रशासनको यस कदमको खुला प्रशंसा गरेका छन्।बरामद गरिएका यी सबै अवैध सामग्रीहरूलाई आवश्यक कारबाही तथा कानुनी प्रक्रियाका लागि सर्लाही भन्सार कार्यालय सहित सम्बन्धीत कार्यालयहरुमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रशासनको चेतावनीः “तस्करी सह्य हुँदैन्।”
शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले अवैध कारोबार गर्ने जोसुकै व्यक्ति वा गिरोहलाई अब कुनै पनि हालतमा छुट नदिइने स्पष्ट चेतावनी दिएका छन्।सशस्त्र प्रहरी बल,नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका प्रमुख एवम डिआईजी विष्णु भट्टको नीतिलाई पालना गर्दैै कानुनको धज्जी उडाउँदै राज्यलाई कर तिर्नबाट छल्ने र राष्ट्रिय अर्थतन्त्र धारासायी पार्नेहरुको निमिट्यान्न पार्न उनी आक्रामक रूपमा प्रस्तुत भएका छन् ।सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न खटिएका सुरक्षाकर्मीहरूको यो दृढताले देशको राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने स्थानीय जानकारहरु बताउँछन् ।