सिन्धुलीका स्थानिय तह आफै किट खरिद गरी स्वाब संकलन गर्दै

2.4k Shares

जिल्लामा कोरोना परीक्षण किट अभाव भएपछि सिन्धुलीका स्थानिय निकायहरुले आफै भिटिएम किट खरिद गरी स्वाब संकलन गर्न सुरु गरेका छन ।  छिमेकी देश भारत तथा तेस्रो मुलकबाट आएका ८० जना व्यक्तिहरु  जिल्लाका विभिन्न क्वारेनटाईनमा बसेका छन् । तर जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीसँग हाल भिटिएम किट ७० र आरडीटी किट १ सय २ मात्र मौज्जाद रहेको छ ।
पछिल्लो सयम छिमेकी देश भारत तथा तेस्रो मुलकबाट जिल्ला भित्रिने क्रम समेत बढेको छ । संक्रमण फैलिन नदिन यसरी विभिन्न देशबाट र संक्रमित जिल्लाबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई परिक्षण गरेर मात्रै घर पठाउनुपर्ने हुन्छ । क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्तिहरुको संख्या बढ्दै जादा भिटिएम किट पनि थप्नु पर्ने हुन्छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले २ सय भिटिएम किट खरिद गरेको छ । भारतबाट आएका ५ जनाको स्वाब संकलन गरेर परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाईएको छ । किट अभावकै कारण क्वारेन्टाइनमा सिमित रहेको कोरोना सं क्रमण समुदायस्तरमा फैलिने चिन्ता नागरिक त्रसिद बनेका छन् । संघ र प्रदेश सरकारको भर पर्दा क्यारेन्टीनमा बस्नेहरुको पिसिआर परिक्षण हुन ढिला हुने भएकाले आफैले खरिद गरेको हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष कार्साङ लामाले बताउनुभयो ।

“क्वारेन्टीनमा कति दिन थेगेर राख्ने । क्वारेन्टीनमा बस्नेहरुले पनि १४ दिन सम्म बस्दा पनि परिक्षण नहुदाँ परिक्षण छिटो गर्न माग गर्छन । १४ दिन सम्म पनि परिक्षण नगरेको भन्दै विरोध गर्छन । झगडा गर्छन । माथिबाट आउछ भनेर कतिन्जेल आस गर्ने । त्यही भएर आफैले खरिद गरिएको हा”’उहाँले भन्नुभयो ।

 मरिण गाउँपालिकाले स्वास्थ्य कार्यालयबाट प्रयाप्त भिटिएम नपाएपछि आफै ३ सय भिटिएम खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेकै भिटिएमबाट क्वारेन्टाइमा रहेकाहरुको स्वाब संकलन गरिने गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । “छिमेकी देश भारत तथा तेस्रो मुलकबाट नागरिकहरु आउनेक्रम जारी छ । यसरी आउनेहरुको परिक्षण गर्न भिटिएम खरिद गरिएको हो । थाईल्याण्ड देखि एक जना भारतहुदै आएका छन् । उनलाई क्वारेन्टाईनमा राखिएको छ । स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी आएपछि उनको स्वाब संकलन हुन्छ । राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने कामदार विभिन्न संक्रमित जिल्लाबाट पनि आएका छन् उनीहरुको पनि परिक्षण गर्नुपर्नेछ । अग्रपङतीमा काम गर्ने गाउपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु।स्वास्थ्यकर्मीहरुको पनि परिक्षण गर्न आवश्यक छ । प्रदेश, संघले तत्काल पठाउला जस्तो छैन । अव स्थानिय तहले नै जोहो गर्नुप¥यो नी ” उहाँले बताउनु भयो ।

समुदायमा कोरोना संक्रमण नफैलियोस् भनी गाउँपालिका आफैले किट खरिद गरेको अध्यक्ष बम्जनले बतायनुभयो । पालिकाले थप किट किन्ने तयारीमा रहेको अध्यक्ष बम्जनले बताउनुभयो ।

यी बाहेक जिल्लाको कमलामाई, दुधौली नगरपालिका, गोलन्जोर, तिनपाटन गाउपालिकाले पनि आफै भिटिएम किट खरिद गरेका जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीमा अहिले सम्म ३ जनामा कोराना भाईरस संक्रमण पुष्टी भएको छ ।थप किटको लागि केन्द्र र प्रदेश सरकारसँग ताकेता गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

सम्बन्धित समाचार