भारतिय मोटरसाईकलको ठक्करबाट एक बृद्धाको मृत्यु

92 Shares

सर्लाहीको कौडेना गाउँपालिका २ स्थित भित्रि सडक खण्डमा भारतिय नम्बरको मोटरसाईकलको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ ।कौडेना गाउँपालिका २ स्थित भित्रि सडक खण्डमा बिआर ०६ एभी ३१६० नम्बरको भारतिय मोटरसाईकलको ठक्करबाट कौडेना गाउँपालिका ७ स्थित फुलपरासीकी अन्दाजी ७० वर्षिय पैदल यात्री दुखिया देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विष्णु गाउँपालिका ८ का अन्दाजी २२ वर्षिय कर्ण साह सहित उनले चलाएको बिआर ०६ एभी ३१६० नम्बरको भारतिय मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ भने शवलाई पोष्टमाटमका लागि प्रदेशिक अस्पताल मलंगवा पठाइएको छ ।पछिल्लो समय जिल्लामा भएका अधिकांश  सवारी दुर्घटनाहरुमा भारतिय नम्बरका सवारी साधनहरुको संग्लग्नता रहेको भएपनि सरोकारवाला निकाय मौन देखिएका जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार जिल्लाका सरोकारवाला निकायहरुसंग जिल्लाभर कति भारतिय नम्बरका सवारी साधनहरु छन् भन्ने कुनै तथ्यांक छैन।जसका कारण दुर्घटना गराएर भारतिय नम्बरका सवारी साधनहरु फरार भएमा प्रहरीले सहजै नियन्त्रणमा लिन सक्ने तथा पीडितले क्षेतीपुर्ति पाउने सम्भावना छैन् । 

सम्बन्धित समाचार