राज्यले तोकेको कुनैपनि मापदण्ड पुरा नगरी चर्को शुल्क असुल्ने गरेका सर्लाहीका नीजि स्वास्थ्य संस्थाहरुले सरोकारवाला निकायले गरेको अनुगमनको विरोध गरेका छन्।नीजि स्वास्थ्य संस्थाहरु “स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९”विपरित सञ्चालनमा रहेका नीजि स्वास्थ्य संस्थाहरुको सरोकारवाला निकायले कडा रुपमा नियमन सुरु गरेपछि सर्लाहीका नीजि स्वास्थ्य संस्था सञ्चालकहरु आन्दोलीत भएका हुन।
केहि दिन पहिला जिल्लाका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमको क्रममा लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको मनिषा हेल्थ केयरका चिकित्सक र लालबन्दी नगरपालिकाको अनुगमन समिति विच केही विवाद भएको थियो।सवारी दुर्घटनाका घाईतेलाई उपचार गर्दा मनिषा हेल्थ केयर नवलपुरले चर्काे शुल्क असुलेको गुनासो आएपछि अनुगमनमा गएको नगरपालिकाको टोली र मनिषा हेल्थ केयर नवलपुरका चिकित्सक विच विवाद भएपछि तातेका सर्लाहीका नीजि स्वास्थ्य संस्था सञ्चालकहरुले चिकित्सकमाथि भएको दुव्र्यवहारको भत्सर्ना गरेका छन् ।
स्वास्थ्यकर्मीहरुमाथि हातपात भएको र कुनैपनि मानिसले गरेको गल्तीको कार्बाही गर्ने निकाय हुँदा हुँदै अनुगमन समितिले हातपात गर्नु निन्दनिय कार्य भएको भन्दै आफुहरुले शान्तीपुर्ण विरोध प्रदर्शन गरेको आन्दोलनको नेतृत्व गरेका हरिवनको सरस्वती अस्पतालका सञ्चालक डा.राजिव साहले बताए ।नगर अस्पताल समेत मापदण्ड र गुणस्तरमा नरहेको राज्यले तोकेको मापदण्डको पालना नगरेको लालबन्दीको जानकी नेस्नल अस्पतालका सञ्चालक डा.अरविन सर्राफले आरोप लगाए।उनले नगरका प्रतिनिधिहरुले नै हातपात गर्नु राम्रो नभएको भन्दे आफुहरुले आन्दोलन गरेको बताए ।
यस अघि नगरस्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गर्दा मापदण्ड नपुगेका भनिएका नीजि स्वास्थ्य संस्थाका सञ्चालक तथा प्रतिनिधिहरुको आन्दोलनमा सहभागीता रहेको थियो । लालबन्दी नगरपालिका भित्रको शहरी क्षेत्रमा मात्रै रहेको ७२ वटा नीजि स्वास्थ्य संस्थाहरु रहेका भएपनि आन्दोलनमा करिब २५ वटा स्वास्थ्य संस्थाका सञ्चालक तथा प्रतिनिधिहरुको मात्रै सहभागीता रहनुले पनि सरोकारावाला निकायले गरेको अनुगमनको उनीहरुले विरोध गरेका प्रष्ट हुने जानकारहरु बताउँछन् ।
सर्लाहीको लालबन्दी,नवलपुर,मलंगवा,बरहथवा,हरिवन र बयलवासमा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुले“स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९”को पालना तथा मापदण्ड पुरा त गरेका छैनन् नै यसको अलावा गैर कानुनी रुपमा लिङ्ग पहिचान गर्ने र भ्रुण हत्या(गर्भ पत्तन) गराउने सम्मका काम गरेका गुनासो आएपछि सरोकारवाला निकाय तातेको लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक मुमताज आलम मिक्रानीले बताए । उनले अव हुनै सबै अनुगमन प्रभावकारी हुने र राज्यले तोकेको मापदण्ड तथा नीयम विपरित सञ्चालनमा आएका नीजि स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन हुने र कडाईका साथ कार्बाही हुने बताए ।
“स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९”को पालना गर्नुको सट्टा आफुखुसी नीजि स्वास्थ्य संस्थाहरु खोल्ने र उपचारको नाममा ठगी गर्ने नीजि स्वास्थ्य संस्थाहरुको ज्यादती कुनैपनि हालमा मान्य नहुने भन्दै राज्यले तोकेका मापदण्ड पुरा नगरेका कुनैपनि नीजि स्वास्थ्य संस्थाहरु अनुगमन गरि पुर्ण रुपमा कानुनको दायरामा ल्याउने लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम नगरस्तरीय अनुगमन समितिकी संयोजक कल्पनामाया पाख्रिनले बताईन् ।उनले अनुगमनको क्रममा राज्यले तोकेको मापदण्ड र नीयम पुरा नगरेका र नियम विपरित सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुलाई कडा कार्बाही गरिने बताईन् ।
सर्लाहीमा १५ शैया भन्दा बढीका नीजि स्वास्थ्य संस्थाहरु नरहेका र सामान्य क्लिनिकदेखि अस्पतालको सम्म बोर्ड राखेर राज्यले तोकेको मापदण्डको धज्जी उडाँउदै गैर कानुनी रुपमा लिङ्ग पहिचान गर्ने र भ्रुण हत्या गराउने काम खुलेआम रुपमा भएको नागरिकबाट गुनासो आएपछि अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्लास्तरीय अनुगमन समितिका संयोजक होम प्रसाद घिमिरेले बताए।उनले अनुगमनको क्रममा अधिकांश नीजि स्वास्थ्य संस्थाहरु राज्यले तोकेको मापदण्ड र नीयम विपरित सञ्चालन भएको पाइएको बताए ।उनले राज्यले अस्पताल,पोलिक्निक,केयर सेन्टर,लाईफ केयर सेन्टर तथा मेडिको क्लिनिक र औषधी पसलहरु सञ्चालन गर्नका लागि अलग अलग मापदण्ड बनाएको भएपनि सर्लाहीका कुनैपनि नीजि स्वास्थ्य संस्थाहरुले त्यो मापदण्डको पालना नगरेका पाइएको समेत बताए ।जसको प्रत्यक्ष मार स्थानीय सर्व साधारणलाई परेको छ ।