पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित अमुवा खाेल्सीकाे पुलमा भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित अमुवा खाेल्सीकाे पुलमा काठमाण्डौबाट सर्लाही तर्फ आउदै गरेको बागमती प्रदेश ०६-००१ ज ००६६ नम्बरको ईलेक्ट्रिक हायस आफै अनियन्त्रित भई सडकको दाहिने साईडमा पल्टिदा १२ जना सवार मध्य छ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार गोडैता नगरपालिका ९ बकैनियाका अन्दाजी वर्ष २८ का सरोज कुमार चौधरी सनेही ठाउँका अन्दाजी वर्ष २४ का शुशिल कुमार चौधरी,अन्दाजी वर्ष २३ का चुनचुन महतो,अन्दाजी वर्ष २६ का रामजी पासवान,अन्दाजी वर्ष १९ का सुमन महताे र गाेडैता नगरपालिका २ जयपुरका अन्दाजी वर्ष २७ का नबिन महतो घाईते भएका र उनीहरुकाे लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लि.मा उपचार भई रहेकाे छ । हायसका चालक कविलासी नगरपालिका ८ पुलिस चौकी टोलका अन्दाजी वर्ष ३३ का प्रमोद महतो प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।