कांग्रेस महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सर्लाहीकी बम्जन सहित २० जना मनोनित

141 Shares

नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा नेपाली कांग्रेस सर्लाहीकी नेतृ सोनी कुमारी बम्जन मनोनित भएकी छन्।सर्लाहीको हरिवन नगरपालिका ८ निवासी कांग्रेस सर्लाहीकी नेतृ बम्जन नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा मनोनित भएकी हुन ।
नेपाली कांग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको नेपाली कांग्रेस महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागको सदस्यहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन ।कांग्रेसले १० सदस्यीय महिला विभाग र १० सदस्यीय शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन गरेको हो ।
शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा मनोनित हुनेहरुमा सोनी कुमारी बम्जन,सर्लाही,राजु थापा,गोरखा,निर्मला क्षेत्री,अर्घाखाँची,आशिष खतिवडा,मोरङ,नरेन्द्र डी.सी.रोल्पा,देवराज नेपाल,काठमाडौं,मातृका शेर्पा,ताप्लेजुङ,रामदत्त जोशी,डडेल्धुरा,दिनेश सन्जयल,कालिकोट र लालमणि पाण्डे,कञ्चनपुरबाट मनोनित भएका छन् ।
त्यसैगरी,महिला विभागको सदस्यमा मनोनित हुनेहरुमा रेणु प्रधान श्रेष्ठ,धनगढी,तुल्सा पन्त,झापा,कमला लामिछाने,गोरखा,झल विश्वकर्मा,काठमाडौं,कविता इटानी,धादिङ,मिलन साह,महोत्तरी,आशा थापा मगर,तनहुँ,राम कुमारी थापा,सुर्खेत,देवका बेल्वासे,दाङ र डा.शशी थापा(पण्डित),काठमाडौंबाट मनोनित भएका नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार