सुनकोशीमा कार खस्यो, एकजनाको उद्धार,कार र अन्य यात्रुको खोजी हुँदै

434 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिका १ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ। खोटाङको हलेसीबाट काठमाडौँतर्फ आई रहेको नम्बर नखुलेको कार सुनकोशी नदीमा खसेको र कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोट तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब साँढे  ५ बजे सुनकोशी नदीमा कार खसेको र बाँकी यात्रुको खोजी कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको सिन्धुली प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार