सर्लाही सहित मधेश प्रदेशका सात वटा जिल्लाका डिभिजन वन कार्यालय प्रमुखहरुको सरुवा भएको छ।मधेश प्रदेश सरकारले सर्लाही सहित महोतरी,धनुषा,सिरहा,रौतहट,बारा र पर्सा गरी सात जिल्लाका डिभिजन वन कार्यालय प्रमुखहरुको सरुवा गरेको हो ।जस अनुसार डिभिजन वन कार्यालय सर्लाहीमा सन्तोष कुमार झा, डिभिजन वन कार्यालय महोतरीमा अजय मिश्र, डिभिजन वन कार्यालय धनुषामा विनोद सिंह, डिभिजन वन कार्यालय सिरहामा शैलेन्द्र मिश्र,डिभिजन वन कार्यालय रौतहटमा हेमन्त साह,डिभिजन वन कार्यालय बारामा राजिव झा रडिभिजन वन कार्यालय पर्सामा मन्जुर अहमद्को सरुवा गरिएको मधेश प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।उनका अनुसार सर्लाहीका डिभिजन वन अधिकृत अहमद्लाई पर्सा,बाराका डिभिजन वन अधिकृत सिंहलाई धनुषाका साथै महोतरीका डिभिजन वन अधिधकृत झालाई सर्लाही पठाइएको छ ।
त्यस्तै डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाष दासको दुई वर्ष नपुगेकाले उनको सरुवा भएको छैन् । डिभिजन वन कार्यालय सर्लाहीमा सरुवा भएर आएका डिभिजन वन अधिकृत झाको स्वागत तथा डिभिजन वन कार्यालय पर्सा सरुवा भएका मन्जुरको बिदाई गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।उनका अनुसार हाल सरुवा भएका डिभिजन वन अधिकृतहरु अधिकांश दुई वर्षे कार्यकाल पुरा गरि सकेका डिभिजन वन अधिकृतहरु हुन ।