जिल्ला अदालत सिरहाका एक कर्मचारीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएका पाइएको छ ।जिल्ला अदालत सिरहामा कार्यरत नायव सुब्बा गुन्जेश्वर महतोले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएका पाइएको हो ।ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्दामा सात महिनादेखि अदालत धाइरहेका एक जना सेवाग्राहीसँग नायब सुब्बा महतोले घुस मागेका हुन्।मुद्दामा जोडिएका प्रतिवादी आमा र भाइ अदालतमा हाजिर नभएका कारण उनीहरुको सम्पत्ति रोक्का हुने भएपछि नायब सुब्बाले रु २५ हजार दिए आफूले सम्पत्ति रोक्का गर्नका लागि मालपोतमा पत्र नलेख्ने र नदिए पत्र लेखेर रोक्का गरिदिने भन्दै बार्गेनिङ गरेका ती सेवाग्राहीले बताए ।
घुस नदिई काम नहुने भएपछि पीडित सेवाग्राही सञ्चारकर्मीको सम्पर्कमा आएका थिए । “कर्मचारीले तारेखमाथि तारेख थमाएर मलाई हैरानै पारे,खासमा उनीहरुको नियत नै दुःख दिएर पैसा असुल्ने रहेछ ।”उनले भने,रु २५ हजार घुसमा बार्गेनिङ गरेका कर्मचारी महत्तोले पछि रु १५ हजारमा “काम”गरिदिन तयार भएपछि पीडित सेवाग्राही सञ्चारकर्मीको सम्पर्कमा आएका हुन।त्यसपछि सेवाग्राही रु १५ हजार बोकेर जिल्ला अदालत सिरहा पुगेका थिए।जिल्ला अदालत सिरहाका ती कर्मचारीले सेवाग्राहीलाई एउटा कागज दिएर त्यसै कागजमा पैसा बेरेर ल्याउन भनेका पीडित सेवाग्राहीले बताए ।
त्यसपछि त्यो कागज लिएर सेवाग्राही शौचालयमा गएर त्यस कागजमा पैसा बेरेर कर्मचारीको हातमा थमाए।कर्मचारीले उक्त पैसा आफ्नै टेबुलको घर्रामा राखेर अरु काम गर्न थाले । ञ्चारकर्मीहरु फेला परेको सो भिडियोमा कर्मचारीले भनेका छन्, “रु १५ देखि २० हजार लिएर आउनुस्,रोक्का हुँदैन,हामी मिलाउँछौं।”अदालतका कर्मचारीले सेवाग्राहीसँग घुस बुझेको विषयमा अदालतका श्रेस्तेदार राजकुमार आचार्यले प्रमाण भए कारबाही गर्ने बताए ।