मधेश प्रदेशका धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्न भन्दै नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले“घुमौँ मधेश,बुझौँ मधेश”अभियान अन्तरगत सर्लाहीका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको स्थलगत अवलोकन गरेको छ ।मधेश प्रदेशका आठ जिल्लाबाट हरेक जिल्लाका पाँच वटा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको पहिचान र प्रचार प्रसार गरी मधेश प्रदेशलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउँदै अर्थाेपार्जनमा सरकारलाई टेवा पुर्याउन भन्दै सुरु गरिएको अभियान सर्लाही आई पुगेको हो ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अगुवाईमा स्थानिय सरकार,पर्यटन व्यवसायीहरु र सरोकारवालाको सहकार्यमा मधेश प्रदेशमा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरु छन्।त्यहाँ जानु पर्छ भन्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न अभियान सञ्चालन गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताए ।उनका अनुसार मधेश प्रदेश सरकारले पनि भिजिट मधेश २०८२ मनाउँने तयारी गरि रहेको अवस्थामा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले“घुमौँ मधेश,बुझौँ मधेश” अभियान मधेश प्रदेशका हरेक जिल्लाहरुबाट रहेका ५/५ वटा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको पहिचान र प्रचार प्रसार गर्न भन्दै सञ्चालन भएको अभियान सर्लाही आई पुगेको हो ।
धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नेपालका घुम्नै पर्ने ठाउँहरु मधेश प्रदेशका हरेक जिल्लामा छन् भन्ने जानकारी गराउन र अर्थाेपार्जनका लागि टेवा पुर्याउन भन्दै मधेश प्रदेश सरकारले भिजिट मधेश २०८२ मनाउने तयारी गरि रहेको भएपनि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघले सञ्चालन गरेको अभियानलाई मधेश प्रदेश सरकारले पनि साथ दिएर अघि बढ्ने तयारी गरेको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय,मधेश प्रदेशका मन्त्री सकिल अलि मियाँले बताए ।
“घुमौँ मधेश,बुझौँ मधेश”अभियान लिएर सर्लाही आई पुगेका अभियान्ताहरुले सर्लाहीको बागमती नगरपालिकामा निर्माण भएको बागमती माछा पोखरी(भरत ताल)का साथै जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिर तथा पर्यटकीय स्थलहरुको समेत अवलोकन गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका महासचिव बैकुुण्ठ सापकोटाले जानकारी दिए।उनका अनुसार मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले यसरी निरन्तर रुपमा सरोकारवालाहरुलाई समेत सहभागी गराएर धार्मिक तथा पयर्टकीयस्थलको अवलोकन गराउने र प्रवद्र्धन गर्ने काम गरिरहेका छन्।
प्रचार प्रसारको अभावमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका धार्मिक तथा ऐतिहांसिक पर्यटकिय स्थलहरु ओझेलमा पारेकाले प्रचार प्रसार मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जानकारी गराउन अभियानको सुरुवात गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष गौतमले बताए ।