लालबन्दीकाे ल्याण्ड मार्कमा म्युजिकल नाईट साे ओपन कन्सर्ट र लक्की ड्र

402 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेकाे ल्याण्डकार्मले म्युजिकल नाईट साे ओपन कन्सर्टकाे आयाेजना गरेकाे छ।नेपालीहरुकाे महान चाड वढा दशै,शुभ दिपावली र छठ पर्वकाे शुभकामना आदान प्रदान गर्नुका साथै लक्की ड्र विजेताकाे नतिजा घाेषणा सहिथत म्युजिकल नाईट साे ओपन कन्सर्टकाे आयाेजना गरिएको ल्याण्डमार्कका प्रवन्ध निर्देशक दिनेश खत्रीले जानकारी दिए ।

उनका अनुसार विभिन्न राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुकाे बजाेड कला प्रस्तुति सहित वर्षभरी ल्याण्डमार्कबाट विभिन्न सामानहरु खरिद गर्ने उपभोक्ताहरुबाट लक्की ड्र गरेर विजेता घाेषणा गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् । सबै प्रकारका घरायसी सामानहरु उपलब्ध रहेकाे ल्याण्ड मार्कले प्रथम विजेतालाई प्लाटिना माेटरसाईकल सहित विभिन्न किसिमका पुरस्कारहरु प्रदान गर्ने घाेषणा गरेकाे छ । जुन लक्की ड्र मार्फत विजेता घाेषणा गरि प्रदान गरिने ल्याण्डमार्कले जनाएकाे छ ।

देश तथा विदेशमा फरक पहिचान बनाउदै सातवटा शाखा समेत सञ्चालन गरि रहेका सफल युवा व्यवसायीहरु मिलेर सञ्चालन गरिएको ल्यनण्डमार्क सञ्चालनकाे छाेटाे अवधिमै चर्चाकाे शिखरमा पुगेकाे स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार