सर्लाही क्रिकेट लिग सिजन २ र जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ आज(शनिबार)बाट सुरु हुने भएको छ।केही दिन पहिला ९० जना खेलाडी लिलामी गरेको सर्लाही क्रिकेट संघको आयोजनामा र्लाही क्रिकेट लिग सिजन २ र हरिपुर नगरपालिका २ सानो जगतपुर स्थित रहेको नव संघर्षशिल युवा क्लवको आयोजनामा तथा हरिपुर नगरपालिका २ को प्रयोजनमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने शनिबार(आज)बाट सुरु हुने भएको हो ।
सर्लाही क्रिकेट लिग सिजन २ का लागि खेलाडी लिलामीमा छ वटा टिमले गोला प्रथाबाट आ आफ्नो क्याप्टेन सहित अन्य खेलाडीलाई टिममा सामेल गराएका सर्लाही क्रिकेट संघका अध्यक्ष माधव कर्माचार्यले जानकारी दिए।उनका अनुसार सहभागी छ वटा टिमलाई गौतमवुद्ध,माँ जानकी, सगरमाथा, कन्चनजंघा,अन्नपूर्ण र माच्छापुछ«े नाम दिइएको छ भने,ती छ वटा टिमको विभिन्न संघ संस्था र निकायले स्वामित्व ग्रहण गरिसकेका छन्।
टिम गौतमबुद्धको वीज्डम कोचिङ्ग सेन्टर मलंगवा,माँ जानकी टिमको होटल नवरंङ्ग मलंगवा,सगरमाथा टिमको मलंगवा ४ को वडा कार्यालय,कन्चनजंघा टिमको सहारा पल्टिपर्पस मलंगवा,अन्नपूर्ण टिमको रौनक इन्टरप्राइजेज मलंगवा र माच्छापुछ«े टिमको सर्लाही किताब घर मलंगवाले स्वामित्व लिएका संघले जनाएको छ ।
टी २० ढाँचामा हुने प्रतियोगिता कात्तिक ३ गते शनिबार(आज)देखि एक हप्तासम्म मलंगवास्थित कभर्ड हलमा हुने छ।प्रतियोगितामा प्रत्येक टिममा १५÷१५ जना खेलाडी सहभागी हुने छन् ।प्रतियोगिताको बिजेतालाई रु २१ हजार नगदसहित कप र उपबिजेतालाई रु १५ हजार नगदसहित दोस्रो कप प्रदान गरिने छ ।
यता,जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ का लागि १३ वटा टिमले सहभागीता जनाएका छन् ।प्रतियोगितामा आयोजक नव संघर्षशिल युवा क्लव निलो सहित वल्ड ईज गोल्ड हरिपुर,अल्टोकी यूवा क्लव चपुर,रौतहट,नम बुद्ध युवा क्लब हरिपुर १,लालबन्दी सिखा टोल एफसि फुटबल क्लब,एभरेष्ट एकेडेमी लालबन्दी,आरएफसि हरिवन ६,जन जागृती यूवा क्लब रामपुर,रतनपुर ११ एफसि निजगढ,बारा,जन सहयोगी युवा क्लब हरिवन ३,चेतना सन्देश हरिवन ५,तीन घरे एफसि हरिवन ४ र गौरी शंकर यूवा क्लब हरिपुर २ गरी १३ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।