Close This

लालबन्दीमा ७२ जनालाई क्वारेन्टाईनमा राखियो,हाल ३२ जान बस्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-३ गते   ३४० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले तयार गरेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको क्वारेन्टाईनमा  हाल सम्म ७२ जनाको व्यावस्थापन गरि सकेको लालबन्दी नगरपालिकाले जनाएको छ ।  छिमेकी देश भारतका विभिन्न स्थानमा रोजगारीको सिलसिलामा गएर आएका  नगरभित्रका विभिन्न स्थानका नागरीकहरुलाई व्यावस्थापन गरिएको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो ।
जेठ ९ गतेबाट  नागरीकको व्यावस्थापनमा लागेको नगरपालिकाले हाल सम्म ४० जनालाई होमक्वारेन्टाईनमा बस्ने सर्तमा छोडि सकेको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । भने यो समाचार तयार पर्दा सम्म क्वारेन्टाइनमा ३२ जना रहेका छन । ११ जना महिला र २१ जना पुरुष नगरले तयार पारेको क्वारेन्टाईनमा बसेका नगर स्वास्थ्य शाखा उप प्रमुख सुरेन्द्र कुमार खतिवडाले बताउनु भयो । भने नगरपालिकाले ११ वेडको आइसेलेसन वार्ड समेत तयार पारी सकेको  छ भने ९ वेडको आइसोलेसन वार्ड बनाउने कार्य जारी रहेको नगरपालिकाले जनाएको छ ।

 छिमेकी देश भारतको महाराष्ट्र,डिल्ली,गुजरात,सितामढी,मुम्बई र सोनवर्षामा रोजगारीको सिलसिलामा गएर फर्किएका नागरीहरुलाई व्यावस्थापन गरिएको छ । भने उनिहरुलाई आरडिटी परिक्षण गरि रिपोर्ट नेगेटिभ आएपछि होमक्वारेन्टाईनमा बस्ने सर्तमा घर पठाइएको नगर प्रमुख खड्काले बताउनु भयो । जिल्लामा २० वटा स्थानिय निकाय रहेका भएपनि हाल सम्म लालबन्दी नगरपालिकामा १ जना पनि कोरोना संक्रमित नरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । भने क्वारेन्टाईनमा रहेका नागरीकहरुले पिसिआर टेष्ट र चाँडो रिपोर्टको माग गरेका नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech