प्रधानाध्यापक बम्जनमाथि गोलि प्रहार गर्ने एकजना पक्राउ

242 Shares

मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका एक शिक्षक माथि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित धाप्सेमा अज्ञात समुहले गोली प्रहार गर्ने एकजना पक्राउ परेका छन् ।बागमती गाउँपालिका १ बोटगाउँका अन्दाजी वर्ष ४० का प्रेम बहादुर बम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित धाप्सेमा अज्ञात समुहले गोली प्रहार गरेको घटनाको अनुसन्धान गर्ने क्रममा सर्लाहीका एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार कात्तिक २५ गते प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार शिक्षक बम्जन माथिअज्ञात समुहले गोली प्रहार गर्ने बागमती नगरपालिका ७ तुफानपुरका अन्दाजी वर्ष ३० का कर्मानन्द ठाकुरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ठाकुरसहित तीन जना मिलेर लुटपाट गर्ने उद्देश्यले शिक्षकमाथि गोली प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।गोली प्रहारबाट दाँतमा गोली अड्कीएको छ।शिक्षक बम्जन र उनका अन्दाजी वर्ष ३३ का भाई दिल बहादुर बम्जन मोटरसाइकलमा सवार रहेको समयमा अज्ञात समुहले गोली प्रहार गरेको थियो । मकवानपुरको बकैया गाउँपालिका ३ हातिसुडे स्थित रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बम्जनलाई उपचारका लागि विरगंज पठाइएको थियो ।उनको अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार