रुख काट्दै गरेका दुई जना डि.व.का.पर्साको नियन्त्रणमा

300 Shares

पर्साको वन गस्ती टोलीले जङगलबाट रुख काट्दै गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।सव डिभिजन वन कार्यालय रङ्गपुर र बसन्तपुरबाट खटिएको संयुत्त वन गस्ती टोलीले हात्तीवन जङ्गलबाट रुख काट्दै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत एवम कार्यालय प्रमुख मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार पटेर्वा सुगौली गाउँपालिका १ का अन्दाजी बर्ष ३२ का मिर्जु चौधरी र सोही ठाउँका अन्दाजी बर्ष ४० का भगन हजरालाई कुल २४ क्युफिटको सालको काठ र बन्चरो सहित नियन्त्रणमा लिईएको हो ।नियन्त्रणमा लिइएका दुवै जनालाई डिभिजन वन कार्यालय पर्साको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।डिभिजन वन अधिकृत अहमद् डिभिजन वन कार्यालय पर्साको प्रमुख भएर गएदेखि पर्सामा वन तथा वन जन्य पदार्थको चोरी तस्करी गर्नेहरुको निदहराम भएको छ ।

सम्बन्धित समाचार