रौतहटको दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्षले ईलाका प्रहरी कार्यालय गंगा पिपरियाका नायव निरिक्षकमाथि कुटपिट गरेको करिब डेढ महिना भयो ।गएको दशैँको महाअष्टिमीको दिन ईलाका प्रहरी कार्यालय गंगा पिपरियाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरिक्षक रामदेव चौधरीमाथि दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्ष रामानन्द यादवले कार्यालय परिसर मै कुटपिट गर्नुका साथै बर्दि समेत च्याति दिएका भएपनि जिल्ला प्रहरी कार्यालय गौर रौतहटले वडा अध्यक्ष यादवमाथि कुनै किसिमको कार्बाही गरेको छैन् ।
ईलाका प्रहरी कार्यालय अगाडि झै झगडा भएको खबर पाएपछि स्थानीय मन्दीरमा बेलपत्र भित्र्याएर हतार हतारमा फर्किएका सई चौधरीले समस्या के हो भनी बुझ्न खोज्दा उनीमाथि वडा अध्यक्ष यादवले अचानक गालि बेईजेती गर्नुका साथै कुटपिट गरी बर्दि च्याति दिएका भएपनि जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दिलिप घिमिरेले मेलमिलाप गर्न भन्दे मुद्धा दर्ता नगरेका पाइएको हो ।
कुटपिट भएका सई चौधरीले जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा उजुरी दिएका भएपनि जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक घिमिरेले मेलमिलापको माध्यमबाट मिलाउने प्रयास गरेका साथै सई चौधरीले दिएको निवेदन दर्ता नगरेका पाइएको हो।
ईलाका प्रहरी कार्यालय गंगा पिपरियाका प्रमुख एवम प्रहरी नायव निरिक्षक चौधरीलाई घटनाको विषय वस्तु केहो ? के भएको हो ? भनी कमालमाई मिडिया प्रा.लिले सोध्दा उनले मत्सरीमा रहेको मन्दिरमा बेलपत्र भित्र्याई रहेको समयमा अचानक कार्यालयबाट आफुलाई झै झगडा भएको खबर आएको र सो तर्फ आई वास्तविकता केहो भनी बुझ्न खोज्दा दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्ष यादवले आफुमाथि अचानक गाली बेईजेती गरी कुटपिट गरेका र आफ्नो बर्दि समेत च्याति दिएका प्रहरी नायव निरिक्षक चौधरीले बताए ।
त्यस्तै सो घटनाको सम्बन्धमा तपाईको तालुक(माथिल्लो) निकाय जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक घिमिरेको भुमिका कस्तो छ ? भनि सोध्दा “एसपी सावलेआजभोलि आजभोली गरि रहनु भएको छ । घटना घटेको करिब डेढ महिना हुन लाग्योकुनै किसिमको सुनाुवाई भएको छैन् ।”प्रहरी नायव निरिक्षक चौधरीले बताए ।
के त्यसो भए मुद्धा दर्ता नगरी मिलापत्र गराउने जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक घिमिरेको योजना हो ? भन्ने हाम्रो प्रश्नमा प्रहरी नायव निरिक्षक चौधरीले एसपी सावलेमिलापत्र गर्नु नभनेका भएपनि घटना घटेको करिबडेढ महिना हुँदा समेत सुनुवाई नगर्नुले आफु र प्रहरी संगठन माथि ठूलो अन्याय भएको गुनासो गरे।उनले थपे “म २÷३ पटक जिल्ला प्रहरी कार्यालय गौर रौतहट पुगेर एसपी सावलाई भेटेर आफु र प्रहरी संगठनलाई न्याय दिलाउँनुस भनी अनुरोध गरेँ तर एसपी सावले आज भोली आज भोली भन्दै घटनाको सवालमा चासो देखाउनु भएको छैन्।यस्तै अवस्था रहने हो भने आफुले राजिनामा दिएर भएपनि सो विषयमा न्यायका लागि जानु पर्ने निकायमा जाने समेत बताए ।
यता,सो विषयमा कमलामाई मिडिया प्रा.लिले जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रमुखएवम प्रहरी उपरिक्षक घिमिरेलाई घटना के हो?भनी प्रश्न गर्दा उनले घटना सामान्य हो हल्ला बढी भयो,वडा अध्यक्ष यादवलाई बोलाएरमाफि मगाएको,मिलापत्र गराउने तयारीमा रहेको,राजनीतिक प्रतिसोध साँध्न वडा अध्यक्ष यादव र प्रहरीलाई देखाउने काम भएको,प्रहरी कर्मचारीहरुलाई आफुले भिडभाडमा भएको गतिविधि हो भनी कन्भिस गरेको बताए।तर उनलेप्रहरी नायव निरिक्षक चौधरीले वडा अध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा उजुरी दिएका बताए ।
उनले प्रहरी नायव निरिक्षक चौधरीमाथि कुटपिट नभएको रबर्दि नच्यातिएको समेत दाबी गरे ।उनले भिडभाडमा ठेलाठेला भएको बताए।तर उनको भनाईमा पनि प्रहरी नायव निरिक्षक चौधरीमाथि कुटपिट भएका साथै बर्दि च्यातिँदा पनि उनी मौन देखिएका स्थानीयको आरोप छ। वडा अध्यक्ष यादवसंग मिलेर जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक घिमिरेले प्रहरी संगठन र प्रहरी नायव निरिक्षक चौधरी माथि भएको अन्यायको वास्तविकता बुझ्न नचाहेका स्थानीयको आरोप छ।सो विषयमा बुझ्न दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्ष यादवलाई फोन गर्दा उनको फोन उठेन् ।