सर्लाहीको बागमती नगरपालिका ११ स्थित निर्माणाधिन अवस्थामा रहेको नगर गौरवको आयोजना बागमती फनपार्क एण्ड रिसोर्टको विषयमा परेको मुद्धा नगरपालिकाको पक्षमा फैसला भएको छ।स्थानीय हेमन्ती बोटले सर्वोच्च अदालतमा दिएको उजुरी माथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बागमती फनपार्क एण्ड रिसोर्टको मुद्धा बागमती नगरपालिकाको पक्षमा फैसला गरेको छ ।
बागमती नगरपालिका ११ मा रहेको बुद्धशान्ति तपोवन नजिकै निर्माणाधिन अवस्थामा रहेको बागमती फनपार्क एण्ड रिसोर्ट करिब रु १७ करोडमा ठेक्का लागेको थियो।गौरी पार्वती सुनकोसी धुलिखेल(जेभी)नयाँ बानेश्वर काठमाडौंले बागमती फनपार्क एण्ड रिसोर्टको काम तिब्रगतिमा भई रहेको भएपनि बोटले मुद्धा दायर गरेपछि बागमती फनपार्क एण्ड रिसोर्टको निर्माणको काम रोकिएको थियो ।बागमती फनपार्क एण्ड रिसोर्टको पर्खाल लगायतका केही कामबाहेक अन्य सबै निर्माणका काम गौरी पार्वती सुनकोसी धुलिखेल(जेभी)नयाँ बानेश्वर काठमाडौंले गर्ने बागमती नगरपालिकाले जनाएको छ ।तीर्थस्थलका रूपमा रहेको बागमती नदी किनार र चुरे शृंखलाको काखमा रहने यो पार्क पर्यटकीय हिसाबले मधेश प्रदेश कै नमुना हुने बागमती नगरपालिकाले अपेक्षा गरेको छरु। यस क्षेत्रको पर्यटन विकासमा फनपार्क मेरुदण्ड साबित हुने बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।
निर्माणस्थलको छनोट,जग्गा अधिग्रहण,मुआब्जा वितरण र ठेक्का प्रक्रिया लगायतका काम हुँदा समेत मौन बस्ने र मुआब्जा समेत लिई सकेपछि केही स्थानीय राजनीतिक दलका नेताहरुले उचालेको भरमा बोटले सर्वाेच्च अदालतमा दिएको मुद्धाको पुर्ण पाठ आउन बाँकी रहेको भएपनि हाल सर्वाेच्च अदालतले नगरपालिकाको पक्षमा फौसला गरेको बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले बताए।उनले यस क्षेत्रलाई बागमतीको मात्र नभई,मधेश प्रदेश कै पहिचान र आन्तरीक आयस्रोतको ठूलो सम्भावनाको रुपमा विकास गर्न लागिएको बताए।योजना महत्वाकांक्षी भए पनि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने कार्यबाहक नगर प्रमुख कृष्ण कुमार लामाले दाबी गरेरु।स्थानीय संस्कार(संस्कृति र रहनसहन समेत पार्कको आकर्षणको केन्द्र बन्ने कार्यवाहक नगर प्रमुख लामाले बताए ।
पार्कमा सुविधा सम्पन्न अतिथि गृह,स्विमिङ पुल,पिकनिक स्पट र बालबालिकाका लागि खेल्ने सामाग्री सहितको पार्क निर्माण गर्ने योजना अनुसार पार्क निर्माणको काम भई रहेको हो।पार्कसँगै रहेको बागमती नदीमा पर्यटकका लागि बोटिङको व्यवस्था रहने नगरपालिको जनाएको छ ।
पार्क निर्माण गर्दा करिब रु २५ करोड तोकिएको भए पनि ९० प्रतिशत कामका लागि रु १७ करोडमा ठेक्का लागेको होरु।पार्कको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले २०७५ वैशाख १३ गते शिलान्यास गरेका थिए। पूर्व पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरको दूरीमा निर्माण हुने पार्कको क्षेत्रफल ६७ रोपनी रहेको बागमती नगरपालिकाले जनाएको छ ।बागमती नगरपालिकाले दर्जनौँ नगर गौरबका योजनाहरु सञ्चालन गरी रहेको छ ।