बलरा ९ अचलगढमा टयाक्टर पल्टींदा साहको मृत्यु

284 Shares

सर्लाहीको बलरा नगपालिका ९ स्थित अचलगढमा टयाक्ट अनियन्त्रित भई पल्टीँदा  एकजनाको मृत्यु भएको छ।बलरा नगपालिका ९ स्थित अचलगढमा आफ्नै खेती जोती फर्किँदै गेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भई पल्टीँदा  बलरा नगपालिका ९ अचलगढका अन्दाजी वर्ष ४० का रुसतम साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसा अनटेष्ट ट्याक्टर खेत जोती फर्किने क्रममा अनियन्त्रित भई पल्टीँदा साह ट्याक्टरमा च्यापीएका चालक साहलाई स्थानीयले उद्धार गरी उपचाका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन।साहको शव उनका परिवारले प्राथमिक स्वास्थ्य केन्द्र अचलगढबाट घरमा ल्याएका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार