सर्लाहीको बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनवाल कल्याण माध्यमिक विद्यालयकाका तीन सय २५ जना छात्रहरुलाई नेपाली मौलिकता र राष्ट्रियता प्रतिको भावना जगाउँन ढाका टोपी वितरण गरिएको छ ।विद्यालय पोशाकसंगै नेपालको मौलिकता झल्काउन र विद्यार्थीहरुमा पनि राष्ट्रि प्रतिको भावना जागृत गर्न तीन सय २५ जना छात्रहरुलाई स्थानीय युवा व्यवसायी एवम विद्यालय व्यवस्थापन समितिका सदस्य राम कुमार राउतले तीन सय २५ थान ढाका टोपी वितरण गरेका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए ।उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहोरको अध्यक्षता एवम बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण बहादुर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राउतले ढाका टोपी वितरण गरेका हुन।यस अघिपनि विद्यार्थीहरुको समुह विभाजन गर्ने क्रममा समुहको संकेत स्वरुप प्रयोग गरिने रिवन,विद्यालयमा अध्यायनरत गरिब एवम जेहन्दार विद्यार्थीहरुलाई जुक्ताका साथै विद्यालय हरित अभिायनमा पनि युवा व्यवसायी राउतले सहयोग गरेका थिए ।
विद्यालयमा अनुशासन,शिक्षक कर्मचारीहहरुको सामुहिक कार्यका साथै विद्यालय व्यवस्थापन समितिको विद्यालय प्रतिको लगावका कारण विद्यालय विद्यार्थी मैत्री एवम प्रविधि मैत्री भएको र बागमती नगरपालिकाका सामुदायिक विद्यालयहरुले बागमतीमा मात्र नभई सर्लाही र मधेश प्रदेश मै शैक्षिक गुणस्तरको पहिचान बनाउने कार्यक्रमका प्रमुख अतिथि एवम कार्यवाहक नगर प्रमुख लामाले विश्वस व्यक्त गरे ।त्यस्तै,विद्यालयको शैक्षिक तथा भौतिक र अन्य आन्तरिक गतिविधिहरुमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरुको अथक प्रयास रहेका कारण विद्यालय दिनप्रतिदिन प्राविधिक, शैक्षिक,भौतिक र अन्य आन्तरिक कार्यमा अगाडि बढेको कार्यक्रमका अध्यक्ष एवम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बोहोराले बताए।उनले विद्यालय व्यवस्थापन समिति,शिक्षक कर्मचारीहरुका साथै समुदायको साथ र सहयोग रहेका कारण विद्यालयमा सदन पोशाक,विद्यालय हरित अभिायन, विद्यालयलाई प्रविधि मैत्री र विद्यालयले अक्षय कोष समेत स्थापना गर्न सकेको समेत बताए ।
त्यसैगरी,सामुदायिक विद्यालय समुदायको साझा थलो भएकाले यसको संरक्षण र सम्वद्र्धनमा आ आफ्नो तर्फबाट सकेको सहयोग गर्न सबै अभिभावक एवम सहयोगी दाताहरुसंग प्रधानाध्यापक जिम्वाले आग्रह गरे ।उनले समुदाय र सहयोगी दाताहरुको साथ र सहयोग भएकाले विद्यालयका शैक्षिक लगायत सबै प्रकारका गतिविधिहरु चलायमान भएका समेत बताए ।कार्यक्रममा बागमती नगरपालिका २ का वडा अध्यक्ष टेक बहादुर बल लगायत बागमती २ र ३ का जनप्रतिनिधिहरुका साथै स्थानीय समाजसेवी,राजनीतिक दलका प्रतिनिधिहरुका साथै अभिभावकहरु र शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।