२१ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ।“विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका,स्वस्थ समाज निर्माणमा सहभागिता”भन्ने नाराका साथ हरेक वर्ष डिसेम्बर ५ मा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरीएको र दिवशको अवसरमा सर्लाहीका हरेक स्थानीय तहहरुले फरक फरक कार्यक्रम गरी मनाएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका भित्र कार्यरत एक सय पाँच जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रभातफेरी सहित लालबन्दी नगरपालिका ६ को सभा हलमा आएर हाजिरि जवाफ प्रतियोगितामा परिणत भएको थियो ।प्रतियोगितामा नेत्रगन्ज स्वास्थ्य चौकी प्रमथ,जब्दी स्वास्थ्य चौकी द्धितिय र राजीगन्ज स्वास्थ्य चौकी तृतिय भएका नगरपालिकाले स्वास्थ्य शाखाले जनाएको छ।प्रथम भएको स्वास्थ्य चौकीका महिला स्वयंमसेवीकाहरुलाई रु पाँच हजार,द्धितियलाई रु तीन हजार र तृतिय हुनेलाई रु दुई हजार पुरस्कार लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले वितरण गरेका हुन।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अधिकारीले सबै महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।
दिवसका अवसरमा नगरपालिका भित्र रहेका स्वास्थ्य स्वयंसेविकाहरुले के कसरि काम गरिरहेका,के कस्ता समस्याहरु झेल्नु परि रहेको तथा समस्याहरुको समाधान कसरि गर्न सकिन्छ लगायतका विषयमा समेत अनौपचारिक छलफल भएको छ ।