सर्लाहीमा थप ४७ जना कोरोना संक्रमित फेला परेका छन् । यो सँगै अब जिल्लामा कोरोना संक्रमित संख्या ५९० पुगेको छ ।
जिल्लाको इश्वरपुर नगरपालिकामा ३२ जना र बरहथवा नगरपालिकाका १५ जना गरी थप ४७ जना नयाँ कोरोना संक्रमित फेला परेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिनु भयो ।
जिल्लामा केही दिनयता हरेक दिन जसो १÷२ जनामा मात्र कोरोना भाईरस पोजेटिभ देखिएपनि सोमबार भने जिल्लामा ह्वात्तै ठूलो संख्यामा संक्रमित देखिएका हुन् ।
भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौंमा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनिहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।