मोटरसाईकलको ठक्करबाट बालकको ज्यान गएपछि मदन भण्डारी राजमार्ग अवरुद्ध

344 Shares

मदन भण्डारी राजमाार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका १ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्।मंसिर २८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएका स्थानीय अन्दाजी सात वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोसित स्थानीयले मदन भण्डारी राजमाार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका १ स्थित कुर्थौलीमा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।
घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिए।उनका अनुसार भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट घाईते भएका माझीको उपचारको क्रममा काठमाडौँको केएमसी अस्पतालमा मृत्यु भएको थियो ।
दुर्घटनामा संग्लग्न मोटरसाइकल नम्बर र चालकको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक खड्काले बताए।आक्रोसित स्थानीयले मदन भण्डारी राजमाार्ग र धनसरी सडक खण्ड अवरुद्ध पारी  प्रदर्शन गरेका हुन् ।

सम्बन्धित समाचार