सर्लाहीमा नुन देखि सुन समम तस्करी,सरोकारवाला निकाय मौन

327 Shares

सर्लाहीमा नुनदेखि सुनसम्म तस्करी हुने गरेको पाइएको छ।करिब ५१ किलोमिटर नेपाल भारत खुल्ला सिमाना रहेको सर्लाहीका हरेक बजारहरुमा नुन देखि सुन सम्म तस्करी हुने र सो कार्यमा सुरक्षा निकाय र सरोकारवाला निकाय कै संग्लग्नता रहने गरेको पाइएको हो । विगत केहीदिन देखि नेपाल भारत सिमानाका भन्दा करिब २५ किलोमिटर माथि पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी बजारबाट शसस्त्र प्रहरी,नेपाल प्रहरी र भन्सार कार्यालय सर्लाहीको टोलीले खाद्यान्न तथा लत्ता कपडाहरु र किरानाका सामानहरु छापामारी नियन्त्रणमा लिएपछि जिल्लाका सिमानाकाबाट नुनदेखि सुन सम्म तस्करी हुने गरेको पाइएको हो ।
सर्लाहीको लालबन्दीनगरपालिका ७ स्थित रहेको एक कपडा गोदामबाट नेपाल प्रहरी,शसस्त्र प्रहरी र जिल्ला भन्सार कार्यालय सर्लाहीको टोलीले साँढे चार लाख बराबरको भन्सारछलीको विभिन्न किसिमका लत्ता कपडाहरु बरामद् गरेको छ ।सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित अशोक कुमार जोशीको घरमा कोठा भाडामा लिई अबैध भन्सार छली चोरी पैठारी गरी लताकपडाहरु लुकाई छिपाई राखिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही,शसस्त्रप्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सार्लही र जिल्ला भन्सार कार्यालय सर्लाहीको संयुक्त टोलीले छापामारी रु चार लाख ५९ हजार सात सय बराबरको विभिन्न प्रकारका भन्सार छलीका कपडाहरु बरामद् गरेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दए ।
उनका अनुसार विभिन्न किसिमका रेडिमेट कपडा बरामद् भई आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय मलंगवा बुझाएको छ ।यो त एक प्रतिनिधिमूलक घटना मात्रै हो । यस अघिपनि लालबन्दीबाटै खाद्यान्न तथा किरानाका सामानहरु करिब चार लाख बराबरको नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल भारत सिमानाकाबाट करिब २५ किलोमिटर माथि अवैध तरिकाले आएको भन्सार छलीको सामान नियन्त्रणमा लिई रहँदा यहाँ सम्म आउने बाटोहरुमा रहेका नेपाल प्रहरी शसस्त्र प्रहरीहरुका युनिटहरुका साथै जिल्लाका सिमानाकाहरुमा रहेका छोटी भन्सार कार्यालयहरु कसरी पार गर्याे भन्ने विषय महत्वपुर्ण रहेको जानकारहरु बताउँछन् ।जिल्लाको पुर्वि नाका संग्रामपुर देखि पश्चीमी नाका छतौना सम्म ११ वटा शसस्त्र प्रहरीका युनिटहरु छन् भने करिब डेढ दर्जन नेपाल प्रहरीका युनिटहरु र करिब आधा दर्जन छोटी भन्सार कार्यालयहरु छन्।तर सिमा क्षेत्रका यस प्रकारका सामानहरु नियन्त्रणमा लिएका घटना विरलै छन्।यसबाट सो क्षेत्रमा रहेका सुरक्षाकर्मीहरु र भन्सार कार्यालयका कर्मचारीरुको मिलेमतोमा अवैध तरिकाबाट भन्सार छलीका सामानहरु नेपाल प्रवेश गर्ने र जिल्लाका विभिन्न बजारहरुका साथै जिल्ला बाहिरिका अन्य बजारहरुमा समेत पुग्ने गरेका प्रष्ट हुन्छ ।
जिल्लाका विभिन्न बजारहरुमा म्याद गुर्जेका,अवैध तरिकाबाट भित्रिएका र बिक्रि मुल्य भन्दा अत्याधिक बढी मुल्यमा विभिन्न किसिमका सामानहरु बिक्रि वितरण हुने गरेका भएपनि जिल्लाका सरोकारवाला निकाय मौन देखिएका उपभोक्ताहरुको गुनासो छ ।जिल्लाका बजाहररुमा सुन समेतको अवैध कारोवार हुने गरेको साथै कालोबजारी अत्याधिक भएको भएपनि सरोकारवाला निकाय मौन देखिदा उपभोत्ताहरु दिन दहाडै ठगिन बाध्य भएका छन् ।
जिल्लाका बजारहरुमा एउटै सामानको फरक फरक मुल्यमा बिक्रि वितरण हुने गरेको,मुल्य सूचि समेत नराख्ने गरेको,कतिपय पसलहरु दर्ता समेत नभई सञ्चालन भई रहेको,खाद्य पदार्थमा अखाद्य वस्तु मिसावट गर्ने गरिएका र गैर कानुनी सामानहरु बिक्रि वितरण गर्ने गरिएको पाइएको छ ।
खाद्यान्न देखि पशुचौपायको आहारा,लत्ता कपडाहरुका साथै किरानाका सामानहरु र औषधीहरु समेत कालोबजारी तथा गैर कानुनी रुपमा बिक्रि वितरण भई रहेको जिल्लाका सरोकारवाला निकायलाई जानकारी नभएको होइन् ।तर मौन बस्दा गैर कानुनीकार्य गर्नेहरुको मनोवल बढी रहेको छ ।जिल्लाका बजारहरुको अनुगमनको तथ्यांक हेर्ने हो भने एक दुई वटा अनुगमन बाहेक अहिले सम्म सो कार्य भएकै छैन् र भएका अनुगमनका कायृहरु पनि कमिसन असुलीको बाहना भएका  मात्रै भएका जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार