देशमा नागरिकको चाहना बुझ्ने शासकको खाँचो छ : अध्यक्ष नेपाल

413 Shares

नागरिकको चाहनालाई बुझ्ने नेतृत्व आवश्यक रहेको नेकपा(एकीकृत समाजवादी)पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए।एकीकृत समाजवादी पार्टी सर्लाहीको जिल्ला भेला एवम हरिवन नगर कमिटीको पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष एवम पूर्व प्रधानमन्त्री नेपालले देशमा नागरिकको चाहना बुझ्ने शासकको खाँचो रहेको बताए ।
उनले शासन र सत्तामा बस्ने व्यक्तिले जनताको समस्या,बेदना र चाहना नबुझे जनताको आक्रोशको शिकार बन्न सक्ने समेत बताए।बंगालदेश र श्रीलंकाजस्ता देशको घटनाले खतराको संकेत देखाएको उनले बताए।वर्तमान अवस्थामा जनताको पीडालाई बुझेर देश विकासको कामलाई अघि बढाउन सक्ने नेतृत्वको अभाव खड्किएको उनले बताए।देशका अधिकांश युवा उच्च शिक्षा र रोजगारीका लागि बिदेश नै पलायन हुनुपर्ने अवस्था रोक्न नसके सामाजिक सँस्कृतिमा अझ बिकराल समस्या सिर्जना हुने अध्यक्ष नेपालले बताएका पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए ।
देशको वर्तमान नीति र नेतृत्वको कमजोरीले युवालाई वैदेशिक रोजगारीमा पठाउने र ठगीमा पर्ने परिपाटीमा साथ दिइरहेको उनले बताए ।देशमा रोजगारी र उत्पादन बढाउन सरकार गम्भीर बन्न नसकेको अध्यक्ष नेपालले आरोप लगाए ।खाद्यान्न,फलफूल,माछा,मासुलगायत कृषि क्षेत्रमा प्रशस्त उत्पादन गर्ने सम्भावना हुँदाहुँदै युवा पुस्तालाई खाडी जान बाध्य पारेर राज्यबाट एक प्रकारले शोषण गर्ने काम भइरहेको अध्यक्ष नेपालले बताए ।
नेता कार्यकर्तालाई जनताको दुःख,पीडामा साथ,सहयोग दिने प्रवृत्तिको विकास गर्न अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताहरुसंग आग्रह गरे।काठमाडौँ,प्रदेश राजधानी र जिल्ला सदरमुकाममा बसेर ठूला कुरा गर्दैमा नागरिकको सेवा गर्न नसकिने उनको तर्क छ।पार्टीका जिल्ला अध्यक्ष लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालिन परवानिपुर गाविसका अध्यक्ष पूर्णबहादुर गोलेसहित विभिन्न पार्टीबाट नेता,कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार