विकासका कामलाई दीगो ढङ्गले अघि बढाउने सरकारको लक्ष्य छः उपप्रधानमन्त्री सिंह

334 Shares

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न गठवन्धनको सरकार निर्माण भएको नेपाली कांग्रेसका नेता एवम उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बताए ।चाँडो–चाँडो सरकार फेरिने क्रम रोक्न कांग्रेस र नेकपा(एमाले)बिच सहकार्य गरेर सरकार गठन गरिएको ।सर्लाहीको हरिपुर नगरपाकिला २ स्थित हरिपुर बजारमा नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवनको उद्घाटन गर्न सर्लाही आएका कांग्रेसका नेता एवम उप प्रधानमन्त्री सिंहले बताएका हुन् । 
उनले विकासका कामलाई दीगो ढङ्गले अघि बढाउने सरकारको लक्ष्य रहेको र अघिल्लो सरकारले नै बनाएको बजेट अहिले कार्यान्वयनमा रहेकाले स्थानीय तहहरुबाट आइरहेका माग सम्वोधन गर्न नसकिएको समते बताए ।उप प्रधान मन्त्री सिंहले आगामी बजेटमा स्थानीय स्तरबाट आएका मागलाई उचित सम्वोधन हुने गरी बजेट निर्माण गरिने उल्लेख गरे।
हरिपुर नगरपालिका २ स्थित हरिपुर बजारमा भाडामा लगाउने गरी व्यापारिक भवन निर्माण गरिएको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल कुमार पञ्जियारले बताए ।उनले हरिपुर बजारमा तीनतले व्यावसायिक भवन निर्माण गर्न र हरिपुर नगरपालिका १ हजारबिघामा साँढे तीन किलोमिटर कालोपत्रे सडक निर्माणका लागि एकमुष्टमा १३ करोड ३८ लाख ३२ हजार चार सय ८४ रुपियाँ ३२ पैसामा ठेक्का लागेको जानकारी दिए ।
हरिपुर नगरपालिका २ मा व्यावसायिक भवन उद्घाटन गर्न सर्लाही आएका उप प्रधान मन्त्री सिंहलाई हरिपुर नगरपालिकाका जनप्रतनिधिहरुले हरिपुर नगरपालिका १ जानकीनगर र हरिपुर नगरपालिका २ हरिपुर बजारलाई जोड्ने गरी लखन्देही खोलामा पुल निर्माणका लागि बजेट पारिदिन आग्रह सहितको पत्र बुझाएका हरिपुर नगरपालिका २ का वडा अध्यक्ष का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए।नवनिर्मित व्यावसायिक भवन व्यापारीलाई भाडामा लगाउने हरिपुर नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार