नेकपा(माओवादी केन्द्र)ले फागुन १ गतेदेखि तराई/मधेश जागरण अभियान संचालन गर्ने भएको छ।आइतवार बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एक महिने तराई/मधेश जागरण अभियान चलाउने उद्घोष गरेको पार्टीका प्रवक्ता एवम निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार हुलाकी राजमार्गलाई आधारित बनाएर एक महिने तराई/मधेश जागरण अभियान चलाउने र अर्को एक महिना पूर्व पश्चिम राजमार्गलाई आधारित बनाएर जागरण अभिायन गर्ने प्रस्ताव माथि छलफल भएको हो । केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चा सक्रिय बनाउने र वैज्ञानिक समाजवाद मान्नेहरुसंग एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि पार्टीका प्रवक्ता एवम निवर्तमान सभामुख सापकोटाले बताए।
“पार्टी एकता र वृहत वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ,त्यो मोर्चा सक्रिय गराउने,त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसंग एकताका लागि पहल गर्ने”लगायतका प्रस्तावहरु भएका उनले बताए ।“नेपाल कम्युनिष्ट पार्टी(नेकपा विप्लव समुह),नेकपा(बहुमत),नेकपा(एकीकृत समाजवादी),नेपाल समाजवादी पार्टी(नेसपा) र नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने प्रस्ताव भएको पार्टीका प्रवक्ता एवम निवर्तमान सभामुख सापकोटाले बताए।“सिमान्तकृत,महिला,दलित र मुस्लिमलाई विशेष अधिकारका लागि निरन्तर लागि परेको माओवादी केन्द्रले महिलाको अधिकार ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउन पहल गर्ने”बैठकमा प्रस्ताव गरिएको छ ।
बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको बताउँदै माओवादी केन्द्रलेअव पुन जनताका विचमा आफ्ना कमिकमजोरीहरु स्वीकार गरेर जानु पर्ने र खबरदारीसभा देशव्यापी रुपमा प्रभावकारी रुपमा चलाई रहनु पर्ने आवश्यकता रहेको प्रदेश अध्यक्षहरुले बैठकमा प्रस्ताव गरेका छन् ।