नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।मंगलबार बिहान करिब ६ः५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको हो।अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ रेक्टर म्याग्निट्यूडको भएको उल्लेख गरेको भएपनि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाण्डौँले सात रेक्टर म्याग्निट्यूडको भूकम्पको झड्का महसुस गरिएको जनाएको छ ।
केन्द्रका अनुसार छिमेकी देश चीन र तिब्वतको डिंगे काउन्टी क्षेत्रमा सात रेक्टर म्याग्निट्यूडको भूकम्प गएको र नेपालमा पाँच दशमलव तीन रेक्टर म्याग्निट्यूडको झड्का महसुस गरिएको हो ।कोशी प्रदेशका पाहाडी जिल्लाहरु संखुवासभा,भोजपुर,तेर्हथुम, ताप्लेजुङ,धनकुटा,खोटाङ्ग, ओखलढुंङ्गा, सोलुखुम्बु,पाँचथर र ईलाममा कडा झड्का र झापा, सुनसरी,मोरङ र उदयपुरका साथै मधेश प्रदेशका केही जिल्लाहरुमा सामान्य झड्का महसुस गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार झड्का महसुस गरिएको भएपनि मानविय क्षेत्ति भए नभएको एकिन हुन बाँकी रहेको र गृह मन्त्रालयले विवरण संकलनको काम सुरु गरि सकेको छ ।मंगलबार बिहान आएको भूकम्पको केन्द्र बिन्दु चीनमा भएपनि नेपालका उच्च पाहाडी जिल्लाहरुमा कडा झड्का महसुस गरिएको र कहाँ के कति क्षति भएको भन्ने विवरण संकलनको काम भइरहेको मन्त्रालय अन्र्तगतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बताईन्।