बागमती माथि सरकार नियोजित रुपमा लागि परेको भन्दै माओवादी केन्द्र हरिवन र बरहथवाद्धारा संषर्घ समिति गठन

439 Shares

सर्लाहीको बागमतीका नगर प्रमुख सहित जनप्रतिनिधि र कर्मचारी माथि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार नियोजित रुपमा फसाउन लागि परेको भन्दै नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटि र बरहथवा नगर कमिटिले संघर्ष समिति गठन गरेका छन्।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला कुमारी मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई भ्रष्टाचार सम्बन्धी कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी छानविनको क्रममा त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि वन सम्बन्धी मुद्धा लगाउने र उनीहरुलाई फसाउने नियोजित षडयन्त्र सुरु भएपछि आक्रोसित भएको माओवादी केन्द्र सर्लाहीले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेपछि माओवादी केन्द्र हरिवन नगर कमिटि र बरहथवा नगर कमिटिले संघर्ष समिति गठन गरेका माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।

fdf.png
माओवादी केन्द्र हरिवन नगर कमिटिले गणेश स्याङ्तानको संयोजकत्वमा एक सय एक सदस्यीय र बरहथवामा जय प्रकाश राय यादवको संयोजकत्वमा एक सय एक सदस्यीय संघर्ष समिति गठन गरी माघ १३,१४,१५ र १६ गतेको घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरुलाई शसक्त र प्रभावकारी ढंगले पुरा गर्ने तयारी गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी मब्हत्तोले जानकारी दिए ।उनका अनुसार राष्ट्रिय वन तथा सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रको जग्गा अतिक्रमण नियन्त्रणका लागि मुख्य सचिवको संयोजकत्वमा अन्तर निकायको बैठक बसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको वातावारण तथा विपद् व्यवस्थापन शाखाले बागमती नगरपालिकालाई सम्बोधन गरी पुस २५ गते निर्णय कार्यन्वयन सम्बन्धमा भन्दै लेखेपछि अहिलेको सरकार नियोजित रुपमा बागमती नगरपालिका माथि लागि परेको प्रष्ट भएको हो।

m1.jpg
सागरनाथ वन विकास परियोजना क्षेत्र अक्रिमण गरि भौतिक संरचना निर्माण गर्ने तथा वन पैदावारको अवैध संकलन गर्ने कार्य रोक्न, हालको अतिक्रमण हटाउन र थप वनक्षेत्र अतिक्रमण हुन तथा वन पैदावारको हानी नोक्सानी हुन नदिने तर्फ वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय,मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय सहित बागमती नगरपालिकाको नामै तोकेर पत्राचार गरेपछि राज्य नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि लागि परेको प्रष्ट भएको माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र बहादुर तुम्सिङले बताए ।उनका अनुसार सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रमा विगत करिब २० वर्षदेखि सुकुम्बासी, दलित,भूमिहिनहरु खाली रहेको जमिनमा घर टहरा बनाई बसोबास गरि रहेका र सो क्षेत्रमा २०६५ साल अघि नै परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुको मिलेमतोमा वन सखाप भएको थियो ।पहिलो चरणमा बागमती नगरपालिका ४ र १२ स्थित बुढी बागमती नदी उकासमा निर्माण भइरहेको बागमती माछा पोखरी(भरत ताल) पुर्ने र दोस्रो चरणमा ऐलानी जग्गामा विगत करिब दुई दशक देखि बसोबास गर्दै आएका सुकुम्बासी,दलित,भूमिहिनहरुलाई घरबार विहिन बनाउने कार्यमा सरकार लागि परेका प्रष्ट भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।माओवादी केन्द्रका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि वन मुद्दा लगाउने षड्यन्त्र सुरु भएपछि माओवादी केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीलाई ज्ञापन पत्र बुझाउँदै राजनीतिक प्रतिसोध साँधेर अन्यायपूर्ण व्यवहार गरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै पाँच दिनको समय सिमा दिएर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको माओवादी केन्द्रका नेता राज कुमार यादवले बताए ।

m2.jpg
उनका अनुसार झुटा वन मुद्दा लगाएर जनप्रतिनिधि र कर्मचारीलाई फसाउने र भूमिहिन,दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई विस्थापित गर्ने प्रयास तत्काल बन्द गर्न माग गरिएको छ। माओवादी केन्द्रले राखेका मागहरु पाँच दिनभित्र पूरा नभए माघ १३ गते मोटरसाइकल र्याली सहित विरोध प्रदर्शन र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा धर्ना दिने,माघ १४ गते मसाल जुलुस निकाल्ने,माघ १५ गते बागमती नगरपालिकाको पुतली चोकमा दुई घण्टा चक्काजाम र जनसभा गर्ने तथा माघ १६ गतेदेखि अनिश्चित कालिन चक्काजाम तथा सर्लाही जिल्ला बन्द गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

m3.jpg
यता, २०६६ र २०६७ मा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख जीवन कुमार ठाकुर सहित चार जना वन अधिकृतहरु सहित आन्दोलनरत पक्ष विच सम्झौता भई सो क्षेत्रमा टाँगीया बस्ती निर्माण गर्ने वास्तविक सुकुम्बासीहरुको पहिचान गर्ने रव्यावस्थापन गर्ने,परियोजना क्षेत्रमा आश्रीत विपन्नहरुको जीविकोपार्जनका लागि योजना बनाउने,जनसहभागिता र लाभांस वाँडफाँड गर्ने र क्षेतीपुर्ति उपलब्ध गराउने लगायतका विषयमा निर्णय भई सहमती भएको थियो ।
२०६४/०६५ साल देखि सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यालय सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीद्वारा आयोजना गरिएका सर्वदलीय तथा सरोकारवालाहरुको बैठकहरुको निर्णयबाट ती क्षेत्रहरुमा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्ने निर्णय भएको समेत जानकारहरु बताउँछन् ।बागमती नगरपालिकाले संघ र प्रदेश सरकार समेतको अनुदानबाट बागमती नदी उकास क्षेत्र (बुढि बागमती)मा बागमती माछा पोखरी बनाई पालिकाले माछा पालन र पर्यटन प्रवद्र्धनका साथै आन्तरीक आय स्रोतको व्यवस्थापनको काम गरि रहेको भएपनि अहिलेको सरकारका प्रमुख नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमान्त्री केपी शर्मा ओलीले बागमती नगरपालिकाको विकास देख्न नसकेर बागमती नगरपालिका र यहाँका जनप्रतिनिधिहरु माथि नियोजित रुपमा लागि परेको समेत माओवादी केन्द्रका नेताहरुको भनाई छ ।माओवादी केन्द्र सर्लाहीले माघ १३ गते मोटरसाइकल र्याली सहित विरोध प्रदर्शन र डिभिजन वन कार्यालय लालवन्दी सर्लाहीमा धर्ना, माघ १४ गते मसाल जुलुस,माघ १५ गते बागमती नगरपालिका स्थित पुतलिचौकमा दुई घण्टा चक्का जाम तथा जनसभा गर्ने र माघ १६ गतेदेखि अनिश्चितकालिन चक्का जाम तथा सर्लाही जिल्ला बन्द गर्ने माग समेत समावेश गरि ज्ञापन पत्रमा बुझाईएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।
२०६२ देखि २०६५ साल सम्मको अवधिमा परियोजनाको लापर्बाहीले परियोजनाको मुर्तिया क्षेत्रमा करिब दुई हजार पाँच सय हेक्टर वन क्षेत्रको काठ चोरी तस्करी भएको थियो।विभिन्न समयमा सो क्षेत्रमा भएको अतिक्रमण हटाउन सागरनाथ वन विकास परियोजना सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका साथै जिल्ला प्रशासन कार्यालय सर्लाही र अन्य सरोकारवाला निकायले अतिक्रमण हटाउने प्रयास गरे।तर असफल भएका थिए। जसका कारण त्यहाँ २०६६/०६७ देखि नै बस्ती बसेको थियो।अहिले सोही विषयलाई लिएर अनावश्यक दुःख दिने नियतले सरकारले बागमतीका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधि र कर्मचारीलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको भन्दै स्थानीय आक्रोसित भएका छन्।उनीहरुका अनुसार २०७४ सालबाट बागमती माछा पोखरी बनाउने काम सुरु भएको र करिब १२ वर्ष पहिला नै सकिएको वनलाई २०७४ मा पनि वन मासियो भन्दै अहिले बाहना बाजी गर्ने वनकर्मीहरुले हाल सम्म के हेरेर बसे,यदी वन क्षेत्र थियो भने निर्माण सुरुहुँदै किन रोकिएन ? संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न दातृ निकायहरुले लगानी गरेर निर्माण भएको बागमती माछा पोखरी एकै रातमा निर्माण भएको हो ? कुनै वन क्षेत्र तथा वन मासेर निर्माण भएकाले  हो ? वातावरणीय प्रभाव मुल्यांकन (आईईई) गर्दा वनका प्रतिनिधिले के हेरेर हस्तक्षर गरे ? यी सबै कुरा हेर्दा नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार माओवादी केन्द्रबाट निर्वाचित जनप्रततिनिधिले गरेको विकास देखेर अतालिएका कारण अनावश्यक मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको छ।जुन स्वीकार्य छैन्।” उनीहरुले आक्रोसव्यक्त गरे।घर टहरा बनाएर बसोबास गरिरहेका वास्तविक सुकुम्बासीलाई सुकुम्बासी समस्या समाधान आयोग लगायत राज्यका सरोकारवाला निकायसँगको समन्वयमा पहल गर्ने तथा सरकारको निर्णय अनुसार कार्यान्वयन गर्ने त्यति वेलाको कार्यदलले बताएको भएपनि आफुहरुलाई विस्थापित गरी घरबार विहिन बनाउने पक्षमा सरकार लागेकाले आन्दोलनमा उत्रिन आफुहरु तयार रहेको स्थानीयले बताए ।
२०६६ सालमा परियोजनाले अतिक्रमण खाली गराउने बाहनामा आफुहरुलाई घरबार विहिन बनाउने काम सुरु गरेपछि आफुहरुले आन्दोलन गरी परियोजनाको कार्यालयमा धर्ना बसेपछि लिखित सहमती गरि आफुहरुलाई सोही ठाउँमा व्यवस्थापन गर्ने सहमती भएको उनीहरुको भनाई छ । यता,मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले अन्यन्त्र जे सुकै लेखिएको भएपनि  सो क्षेत्रमा रहेको बस्ती नउाठने र बागमती माछा पोखरी र नगर बगैँचाको सवालमा अहिले अनुसन्धानको काम हुने बताए ।

सम्बन्धित समाचार