नेता आत्मनिर्भर नभए देशको विकास हुँदैन् र भ्रष्ट्राचार बढी रहन्छ : महासचिव विप्लव

395 Shares

नेता आत्मनिर्भर नभएसम्म देश विकास नहुने र भ्रष्ट्राचार बढी रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द९विप्लव०ले बताए। उनले नेपालको राजनीति अहिले आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन पनि नेता आत्मनिर्भर हुनु पर्ने रउत्पादनमा जोडिनु पर्ने बताए ।“सिजन सुदर्शन”स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्न पर्साको वीरगन्ज आएका महासचिव विप्लवले पार्टीले सी संस्कृति अन्र्तगत जन्मोउत्सव,विवाह उत्सव र मृत्यु उत्सवको स्मृति कोष निर्माण गर्ने अभिायन नै बनाएको र वरिष्ठ पत्रकार स्व।सुर्दशन राज पाण्डेको सम्झनामा स्मृति कोष खडा गरी उनको शिद्धान्तलाई निरन्तरता दिए मात्रै उनीप्रति साँच्चो श्रदान्जली हुने समेत बताए ।
“जनतासँग दुई छाक खाने हैसियत छैन,त्यसैले नेपालको राजनीतिलाई धर्तीमा खुट्टा टेकाउन र राजनीतिलाई उत्पादनसंग जोड्न जरुरी रहेको समेत उनले बताए। नेपालमा गणतन्त्र आए पनि त्यो जनताको गणतन्त्र बन्न नसकेको गुनासो गर्दै उनले अहिले पनि नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताए।जनताले आफ्नो जीवनमा नयाँपन आएको अनुभूति गर्न नपाएका छैनन्,अवस्था रहेको समेत बताए।“जनता हेपिएकाहरु हेपिएकै छन्, उत्पीडितहरु उत्पीडित नै छन्, गरिबहरु गरिब नै छन्,हिजो सामन्तीको रजगज थियो,आज दलाल पुँजीवादीको रजगज छ।वास्तविक जनताको गणतन्त्र आएको छैन् । नेताको कुनै व्यापार व्यावसायका साथै कुनै आय आर्जनको स्रोत छैन् ।अनी नेता ऐस आराम,भोग विलास कसरी गरि रहेका छन् रुयो विषयमा गंम्भिर हुन जरुरी छ।”महासचिव विप्लवले बताए। देशका करिब १२ प्रतिशत धनी मानिसहरुको हातमा आधाभन्दा बढी सम्पत्ति गएको बताउँदै उनले बैंकमा पैसा थुप्रिँदै गएको तर अर्कोतिर गरिब निमुखा जनताको हात खाली रहेको समेत टिप्पणी गरे।अहिले पनि सीमित वर्गकै हातमा कानुन,प्रशासन र अर्थतन्त्र छ।देशको राजनीति भाषण, गफ,चाकरी र अरुलाई खुसी पार्नमा सीमित हुँदै गएको भन्दै महासचिव विप्लवले राजनीति जनताको जीवन परिवर्तन गर्ने साधन बन्न नसकेको बताए ।

bp1.jpg
हालको परिस्थिति सिर्जना हुनुमा सबैभन्दा ठूलो गल्ती १० वर्षे माओवादी आन्दोलनले नै गरेको महासचिव विप्लवको आरोप छ। उनले नेपालका सबै कम्युनिष्ट पार्टीहरु नयाँ विचार र प्रस्तावका साथ शान्ती,समृद्धि र आत्मनिर्भरताको लागि समाजवादको बाटोमा जान ठूलो बहस र छलफल आवश्यक रहेको समेत बताए ।उनले“हामीलाई जनताले तेस्रो साथ दिए,तैपनि हामी चुक्यौं,हामी काठमाडौं प्रवेश गरेपछि जनयुद्धको भावनाअनुरुप आफूलाई बदल्न सकेनौं।हामी दरबारीया भयौँ।” महान जनयुद्धको सार त्यो नरहेको महासचिव विप्लवले बताए ।जनतामा अझै पनि आफूहरुले फेरि बन्दुक बोक्ने हो कि भन्ने त्रास रहेको बताउँदै उनले तत्कालै आफूहरुको बन्दुक बोक्ने योजना नरहेको प्रस्ट पारे।“जुन दिन जनताको आवाज बन्दुकबाट दबाइन्छ,जनताका आवाजलाई राज्यले बन्दुकले दबाउन लाग्छ,त्यस दिन हामी फेरि बन्दुक बोक्छौं।”समेत उनले बताए ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल भएपनि जनताको गणतन्त्र नभएर नेता तथा पुजीवादीहरुको गणतन्त्र आएकाले समाजवादी साम्यवादी गणतन्त्रको पक्षमा नेपाल कम्युनिष्ट पार्टी रहेको समेत उनले बताए।उनले नेपाल कम्युनिष्ट पार्टीसंग सबै भन्दा धेरै युवाहरु रहेकाले आगामि निर्वाचन २०८४ मा एक पटक निर्वाचन मार्फत जनताको माझमा जाने र त्यहाँबाट प्राप्त उपलब्धिलाई सांसदमा सामाजवादी गणतन्त्रको थलो बनाउन लागि पर्ने समेतबताए ।कार्यक्रममा मधेश प्रदेश इन्चार्ज अनिल शर्मा९विरही० लगायत नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुका साथै नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक के।सी।लामिछाने,मधेश प्रदेश अध्यक्ष श्याम बन्जरा र जनप्रचार तथा प्रकाशन प्रा।लि।का पत्रकारहरु लगायतको विशेष उपस्थितति रहेको थियो ।

सम्बन्धित समाचार