पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा नेकपा (माओवादी केन्द्र)सर्लाहीले विरोध प्रदर्शन गरेको छ।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थाप,उप प्रमुख लिला कुमारी मोक्तान सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई अहिलेको गठबन्धन सरकारले षडयन्त्रपूर्वक वन मुद्दा लगाएको विषयमा आक्रोसित भएको माओवादी केन्द्र सर्लाहीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु अन्र्तगत मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका ११ पुतली चोकमा खबरदारी सभा गरेको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार जिल्लाका सरोकारवाला निकायलाई पहिलो चरणमा मौखिक रुपमा,दोस्रो चरणमा ज्ञापन पत्र मार्फत र तेस्रो चरणमा शान्तीपुर्ण रुपमा र्याली तथा खबरदारी सभा गरिएको हो ।

किसान,मजदुर र उत्पीडित वर्गहरुको पार्टी माओवादी केन्द्रले गरेका विकास निर्माणका काम र भ्रष्ट्राचार विरोधी गतिविधिहरु अहिलेको नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकारलाई नपचेका कारण उसले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु र जनप्रतिनिधिहरु माथि नियोजित आक्रमण सुरु गरेको खरबदारी सभाका प्रमुख अतिथि एवम माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लिलामणी पोख्रेलले बताए ।उनले माओवादी केन्द्रले देशलाई भ्रष्ट्राचार मुक्त नेपाल बनाउन लागि परेका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकार नेकपा(एमाले)ले षडयन्त्रपुर्ण तरिकाबाट ढालेको बताए।१२ बजे राती भ्रष्टहरु र विदेशी शक्तिहरुसंग साँठगाँठ गरी संघीयता,संविधान र भ्रष्टार विरोधी सकाउने तयारी स्वरुप कांग्रेस एमाले गठबन्धनको सरकार बनेको बताउँदै उनले देशको विकास गर्ने बागमती नगरपालिकाका नगर प्रमुख थापा,काठमाण्डौँका नगर प्रमुख बालेन्द्र साह र धरानका नगर प्रमुख हर्क साङपाङबाट अहिलेको सरकार तर्सिएको समेत खरबदारी सभाका प्रमुख अतिथि एवम माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज पोख्रेलले बताए ।उनले माओवादी केन्द्रले अहिलेको गठबन्धन सरकारका विरुद्ध खबरदारी सभा मात्रै गरेको र आन्दोलन गर्नुपर्ने अवस्था आयो भने अहिलेको गठबन्धन सरकार र यसका नेताहरुलाई सक्ताबाट घिसारेर रोडमा पछार्न सक्ने समेत बताउँदै माओवादी केन्द्र अहिलेको सरकार ढाल्ने मोडमा नरहेको समेत बताए ।

उनले माओवादी केन्द्रले सरकार ढाल्ने नभन्दा त तिमीहरु स्पष्टिकरण दिँदै हिडेका छौँ,माओवादी केन्द्रले सरकार ढाल्छु भन्यो भने तिमीहरु बोलाउँछौँ,तिमीहरुको सरकार जनताको एक लात्तले ढल्छ भन्दै उनले देशभरका उत्कृष्ट नगरपालिकाहरु मध्य छ वटा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु नै रहेका स्थानीय तहहरु उत्कृष्ट भएको समेत बताए ।

“राजनीतिक पूूर्वाग्रह र षडयन्त्रपूर्ण ढङ्गले माओवादी केन्द्रबाट निर्वाचित बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान लगायत अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरु विरुद्ध वन मुद्दा लगाएपछि आक्रोसित भएको माओवादी केन्द्रले आफ्ना भनिएका मानिसहरुले भ्रष्टाचार गरेपनि संरक्षण गर्ने तर विकासको कामले तिब्रता पाउँदा छटपटी हुने अहिलेको सरकार माओवादी केन्द्रले मुठ्ठि उठायो भने तिमी भाग्न समेत पाउँदैनौँ।”खरबदारी सभाका प्रमुख अतिथि एवम माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज पोख्रेलले बताए ।

त्यसैगरी,माओवादी केन्द्रका जनप्रतिनिधिहरुले गरेका राम्रा कामको प्रतिफल स्वरुप र विकास निर्माणका कामको प्रतिफल स्वरुप बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई फसाउने षडयन्त्र भएको माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका नेता युवराज भट्टराई(समिर)ले बताए ।अहिलेको गठबन्धन सरकार विकास विरोधी,जनविरोधी र दुई जिव्रे भएकाले देशभरका धेरै जनताले दुःख पाई रहेका समेत बताए ।उनले माओवादी केन्द्रका कुनैपनि जनप्रतिनिधिहरुका साथै बागमती नगरपालिकाका नगर प्रमुख थापाले सहितका जनप्रतिनिधिहरु जन विरोधी,कानून विरोधी र भ्रष्टाचारमा लागेको प्रमाणित भए माओवादी केन्द्रका जनप्रतिनिधिहरुलाई कहि खोज्न जानु नपर्ने माओवादी केन्द्र आफैँले सरोकारवाला निकायलाई बुझाउने समेत बताए ।

उनले बागमतीको विकास देख्न नसकेको सरकारले पटक पटक बागमती नगरपालिका माथि आक्रमण गरि रहेको र राजश्व लिने तथा लगानी गर्ने निकायहरु कानूनको दायरामा आउनु पर्ने नपर्ने समेत बताए।उनले माओवादी केन्द्र सडक र सदनबाट अहिलेको भ्रष्ट र जनविरोधी सरकारका विरुद्धमा कडा रुपमा प्रस्तुत हुने र झुटो वन मुद्धा खारेज नहुँदा सम्म आफुहरुको आन्दोलनका कार्यक्रमहरु जारी रहने समेत बताए ।

त्यस्तै,मुुर्तिया क्षेत्रको वन विनाश २०५० सालदेखि २०६६ साल सम्मको अवधिमा भएको भएपनि २०७४ सालबाट आएका जनप्रतिनिधिहरुलाई वन मासेको भन्दै मुद्धा दर्ता गरी प्रक्रियामा लानुले आफुहरुलाई अहिलेको गठबन्धन सरकारले चालेको जनविरोधी गतिविधिहरु स्वीकार्य नहुने र बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतनिधिहरु र कर्मचारीहरु माथि लगाईएको झुटो वन मुद्धा खारेज नहुँदा सम्म माओवादी केन्द्रको आन्दोलन जारी रहने माओवादी केन्द्रका नेता एवम प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाले बताए ।

माओवादी केन्द्रका केन्द्रीय सचिव एवम मधेश प्रदेश इन्चार्ज पोखरेल,स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुडाथोकी,जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले,मधेश प्रदेश सभा सदस्यद्धय युवराज भट्टराई (समिर),जवाहरलाल कुशवाहा,बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामा, बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख एवम माओवादी केन्द्रका नेता देवानन्द महतो र माओवादी केन्द्रका नेता राजकुमारलगायतले खबरदारी सभामा सम्वोधन गरेका थिए।शान्तीपुर्ण रुपमा भएको माओवादी केन्द्रको खबरदारी सभालाई जिल्लाका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कताका साथ सुरक्षा दिएका थिए ।

यता,शहिद दिवश र सोनम ल्होसार परेका कारण अहिलेका लागि अन्य निर्धारित कार्यक्रमहरु स्थगित गरिएको माओवादी केन्द्रले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।