सोनाम ल्होसारको अवसरमा भरत तालमा भव्य सास्कृतिक कार्यक्रम

330 Shares

  सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम गरिएको छ ।नेपाल तामाङ घेदुङ बागमती नगर कमिटीको आयोजनामा राष्ट्रिय कलाकारहरुको उपस्थितीमा बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले जानकारी दिए।उनका अनुसार साँस्कृतिक कार्यक्रममा गायिका इन्दिरा गोले,गायक शिव परियार,टिका बम्जन,प्रकाश तितुङ तामाङ,संजिव घिसिङ,प्रभात दोङ र समर तामाङले लगायतले प्रस्तुती दिएका छन् ।

bg.jpg
सोनाम ल्होसारको अवसरमा बागमती र  हरिवन नगरपालिकाले शुक्रबार पनि स्थानीय बिदा दिएको थियो ।यो पर्वको अवसरमा संघीय सरकारले बिहीबार देशभर नै बिदा दिएको भएपनि तामाङ समुदायको बाहुल्य रहेको बागमती र हरिवन नगरपालिकाले थप एकदिन स्थानीय बिदा दिएको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख लामाले बताए ।कार्यक्रममा सर्लाही क्षेत्र नम्बर प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा,बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरत कुमार थापा,उप प्रमुख(हाल निलम्बित) लिला कुमारी मोक्तान,माओवादी केन्द्रका नेता नरेन्द्र साह लगायतको विशेष उपस्थिति रहेको थियो ।

bg2.jpg

bg3.jpg

सम्बन्धित समाचार