सर्लाही आउँदै गरेको बस महोत्तरीमा दुर्घटना हुँदा ३० जना घाईते

283 Shares

पुर्व पश्चीम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरमा यात्रु बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन्।जनकपुरबाट सर्लाही आउँदै गरेको ना.५ ख. २८५१ नम्बरको यात्रु बस  टायरको रड खुस्कीएर स्टेरिङ फेल भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक लक्ष्मिराज जोशीले जानकारी दिए ।
उनका अनुसार गुडी रहेको बसको टायरको रड खुस्कीएपछि स्टेरिङ फेल भएपछि अनियन्त्रीत भई आईतबार दिउँसो करिब १ : २० बजे पल्टीदा बसमा सवार ३० जना घाईते भएकामा २४ जना सामान्य र छ जना मध्याम घाईते भएका छन् ।
बसका चालक फरार रहेका छन् भने बसधनी प्रहरीको सम्पर्कमा आएका छन्।घाईतेहरुको उद्धार गरी बर्दिवासमा रहेका विभिन्न अस्पतालहरुमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ । 

सम्बन्धित समाचार