हरिवनमा आयोजना गरिएको दुई दिने बन्ध्याकरण शिविरमा ३३ जना लाभान्वित

419 Shares

सर्लाहीको हरिवन नगरपालिकामा आयोजना गरिएको दुई दिने बन्ध्याकरण शिविरमा ३३ जनाले लाभ लिएका छन्।हरिवन नगरपालिका र स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीको संयुक्त आयोजना तथा मेरि स्टोप्स ईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा शुक्रबारबाट सुरु भएको दुई दिने बन्ध्याकरण शिविरमा ३२ जनाको मिनि ल्याप तथा एकजनाको भ्याक्सेभटोमी ३३ जनाले लाभ लिएका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका ४ सासापुर स्थित रहेको सासापुर स्वास्थ्य चौकीमा डा.सुरेश शाक्यको नेतृत्वको चिकित्सकहरुको टिमले स्थायी बन्ध्याकरण मिनि ल्याप तथा भ्याक्सेप्टोपी सेवा प्रवाह गरेका थिए ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल )ले शिविरमा बन्ध्याकरण सेवा लिएका सेवाग्राहीहरुलाई च्यावन प्रास तथा पौष्टीक खानेकुरा वितरण गरेका छन्।त्यसैगरी शिविरमा सेवा प्रदान गरेका चिकित्सकहरुलाई नगर प्रमुखबुढाथोकीले खादा ओढाएर सम्मान समेत गरेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार