सर्लाहीको रामनगर गाउँपालिका ३ रामटोलका आगलागी पीडितलाई रामनगर गाउँपालिकाले सहयोग गरेको छ।रामनगर गाउँपालिका ३ रामटोलका आगलागी पीडित अनुप महरालाई वडा अध्यक्ष सहितको टोली पीडित कै घरमा पुगेर अनुगमन गरि पिडितलाई तत्कालका लागि राहत सहयोग गरेको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए ।
उनका अनुसार तत्कालका लागि खानेकुरा,ग्याँस सिलिन्डर,भाडा वर्तनसहित त्रिपाल लगायत सामान पीडितलाई सहयोग गरिएको हो।छिटै नै थप सहयोग गर्ने आश्वासन दिइएको गाउँपालिका अध्यक्ष यादवले बताए । सोमबार साँझ करिव ७ बजेतिर अनुपको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरुपमा जल्नुका साथै घर भित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा पाँच वटा बाख्रा मरेका छन् भने आगलागीबाट करिव पाँच लाख बराबरको क्षेति भएको थियो ।