लाइन काटिदिएको भन्दै वडासदस्य महातोद्धारा विद्युतका कर्मचारीलाई दुव्र्यवहार

409 Shares

सर्लाहीको हरिवन नगरपालिका ३ का वडासदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई गालीगलौज र दुव्र्यवहार गरेका छन्।विद्युत् महसुल नतिरेको कारण प्राधिकरणले लाइन काटेपछि वडा सदस्य महतोले विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहालाई गालीगलौज र दुव्र्यवहार गरेका पाइएको छ ।वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल नतिरेपछि प्राधिकरणले उनको घरको विद्युत् लाइन काटेको थियो ।
उनी नेकपा(एमाले)को तर्फबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका हुन ।सो सम्बन्धमा बुझ्न हरिवन नगरपालिका ३ को वडा अध्यक्षका लागि प्रयोग गर्न दिईएको सरकारी नम्बर प्रयोग विहिन भएको पाइएको छ ।

सम्बन्धित समाचार